१३ बैशाख २०८१, बिहीबार
Follow Us

देशभरका स्थानीय निकायको कामकाज ठप्प

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७३, सोमबार ०७:१०

काठमाडौं । कर्मचारी आन्दोलित भएपछि देशभरका स्थानीय निकायको कामकाज ठप्प भएको छ । निजामती र स्थानीय निकायका कर्मचारीको हैसियत बराबर हुनुपर्ने भन्दै आइतबार धर्नामा उत्रिएका उनीहरुले आजबाट काम बन्द गर्न लागेका हुन् । आन्दोलनरत कर्मचारीले आजबाट स्थानीय विकास अधिकारी र नगरपालिकाका प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । कर्मचारी आन्दोलित हुँदा लाखौं सेवाग्राही मर्कामा पर्ने छन् । झण्डै डेढ महिना बुझाएको माग सुनुवाई नभएपछि आन्दोलन थाल्न वाध्य भएको विभिन्न ६ वटा संगठन मिलेर बनेको स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिले जनाएको छ । हाल बन्ने क्रममा रहेको स्थानीय तहसम्बन्धी नयाँ कानूनमा पनि आफुहरुलाई दोस्रो दर्जाकै व्यवहार गर्न खोजिएको उनीहरुको गुनासो छ । समस्याको हल प्रचलित कानून बमोजिम सम्भव हुने र कतिपय विषय कानून निर्माणका क्रममा छलफल गरिने भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आइतबार नै विज्ञप्तिमार्फत आन्दोलन फिर्ता लिई काममा फर्किन कर्मचारीलाई आग्रह गरेको छ । आन्दोलनले देशभरका तीन हजारभन्दा बढी गाविस, दुईसय भन्दा बढी नगरपालिका र ७५ जिल्लामा दिइने सेवा प्रभावित भएको छ ।