१३ बैशाख २०८१, बिहीबार
Follow Us

वेलायती सिरियलमा अमृता आचार्यको मुख्य भूमिका

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७३, सोमबार ११:३९

स्मृति ढुंगाना।

काठमाडौं – बेलायतमा प्रसारण भइरहेको ‘द गुड कर्म हस्पिटल’ नामक टेलिसिरियलमा नेपाली अमृता आचार्य मुख्य भूमिकामा देखिएकी छिन्। २६ वर्षीय अमृता यसअघि एचबिओ च्यालनबाट प्रसारण हुने ‘गेम अफ थ्रोन्स’मा समेत देखिएकी थिइन्।

सात वर्षको उमेरमा बेलायत पुगेकी उनले मेडिकल ड्रामा ‘द गुड कर्म हस्पिटल’ कामको सिलसिलामा भारत पुगेको एक डाक्टरको भूमिका निर्वाह गरेकी छिन्।
सात वर्षको उमेरमा बेलायत पुगेकी उनले मेडिकल ड्रामा ‘द गुड कर्म हस्पिटल’ कामको सिलसिलामा भारत पुगेको एक डाक्टरको भूमिका निर्वाह गरेकी छिन्। ‘गेम अफ थ्रोन्स्’मा अभिनयगरे लगत्तै अस्कर मनोनित ‘आइएमयोर्स्’मा देखिएकी उनीले सिरियलको काम सहज नभएको प्रतिक्रिया दिइन्।

‘सिरियलमा एउटा डाक्टरको जीवन भोगाई र बुझाइका विभिन्न भावहरु समेटिएका छन्। एक कलाकारको लागि अन्तरार्ष्ट्र्रिय करियरमा स्थापित हुने सोचबाट प्रभावित भएकी हुँ। फेरि बाल्यकालमा एकपटक धेरै संस्कृतिबारे बुझ्ने अवसर मिलेको हुँदा मलाई राम्रो कलाकार बन्न प्रोत्साहित गरेको छ’, उनले भनिन्।

पाटन अस्पतालमा कार्यरत गाइनाकोजिस्ट डा.गणेश आचार्य छोरी अमृताको बाल्यकालमा बेलायत प्रस्थान गरेकी थिइन्। नर्वेस्थित युनिभसिटी अफ थ्रेम्सोमा प्राध्यपकको रुपमा कार्यरत रहेका बुबाकी छोरी अमृता नेपालीबाहेक युक्रेनी, रसियन र नर्वेजियन स्पष्ट बोल्छिन्।

नर्वेबाट हाई स्कुलको अध्ययन पुरा गरेलगत्तै अभिनय सिक्न बेलायत पुगेकी उनले नेपालमा गएको विनाशकारी भूकम्पपछि अन्तराष्ट्र्रिय कलाकारहरु सहयोगबाट राहत जुटाएकी थिइन्।

बेलायतको आइटिभीबाट प्रसारण भइरहेको ‘द गुड कर्म हस्पिटल’मा उनी डा. रुवी वाकरको भूमिका देखिएकी छिन्। गत माघ २३ बाट सुरु भएको सिरियल आगामी फागुन २९सम्म प्रसारण हुनेछ। काठमाडौंमा जन्मिएकी उनीले ‘आइएम योर्स्’, ‘डेड शोः रेड भर्से डेड’,‘गेम अफ थ्रोन्स’ लगायतमा काम गरिसकेकी छिन्।
58a18f7747f17