१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७३, सोमबार १४:३०

काठमाडाै । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघबाट गैरपत्रकारलाई सदस्यता वितरण भएको भनेर प्रेस युनियनले सोमबार कार्यालयका कर्मचारीलाई बाहिर निकालेर महासंघ कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघले हुकुमी शैलीमा गैरनेपाली नागरिकलाई समेत सदस्यता दिएको भनेर युनियनले तत्काल सदस्यता वितरणमाथि छानवीन गर्न पनि महासंघ समक्ष माग गरेको छ ।

महासंघले देशभर वितरण गरेको नयाँ सदस्यताप्रति गुनासो गर्नेहरुको संख्या बढेकाले यसाे गरिएकाे युनियनले वताएकाे छ । महासंघ कार्यालयमै तालाबन्दी गर्न अाफूहरु बाध्य भएको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले वताएका छन् ।

महासंघले पत्रकारिता पेशाबाट पलायन भइसकेकाहरुको समेत सदस्यता नवीकरण गरेको युनियनले वताएकाे छ । यसको निश्पक्ष छानबिन नभए सम्म आन्दोलनले देशब्यापी रुप लिने बिज्ञप्तीमा उल्लेख छ ।