१२ बैशाख २०८१, बुधबार
Follow Us

राजसंस्थासहितको प्रजातन्त्रलाई सैद्धान्तिक आधार बनाउने राप्रपाको निर्णय

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७३, मंगलवार ०६:०८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजासहितको प्रजातन्त्रलाई मुल सैद्धान्तिक आधार बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले महाधिवेशनमा राजासहितको प्रजातन्त्रलाई मुल सैद्धान्तिक आधार बनाएर सहमतिको साझा दस्तावेज लैजाने निर्णय गरेको हो । राप्रपाको एकता महाधिवेशन फागुन ६ देखि नौ गतेसम्म काठमाडौंमा हुँदैछ । एकीकरण अघि राप्रपा नेपाल संबैधानिक राजतन्त्रको अडानमा थियो भने राप्रपाले गणतन्त्र स्वीकारेको थियो । मूल सैद्धान्तिक आधार महाधिवेशनले तय गर्ने गरी दुई दलबीच एकीकरण भएको थियो । प्रवक्ता राजाराम श्रेष्ठले केन्द्रीय कार्यसम्पादन समितिले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र हुनुपर्ने निर्णय गरेको जानकारी दिए । राप्रपाले संविधानमा सनातन हिन्दू धर्म अनिवार्य हुनुपर्ने निर्णय पनि गरेको छ । पार्टीले संघीयताभन्दा स्थानीय स्वायत्त शासन नै ठिक रहेको दोहो-याउदै पाँच विकास क्षेत्रलाई नै परिमार्जनसहित प्रदेश बनाउनुपर्ने निश्कर्ष पनि निकालेको छ ।