१४ बैशाख २०८१, शुक्रबार
Follow Us

किन पुगिन् कांग्रेस नेतृ आरजु लिभरपुल ?

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७३, मंगलवार १०:३९

लन्डन । नेपाली कांग्रेसकी नेतृ आरजु देउवाले नेपाल अहिले संविधान कार्वान्यनको दिशातिर अगाडी बढेको बताएकी छन् । लिभरपुल नेपाली समाज र हेल्थ एक्चेञ्ज नेपालले संयुक्तरुपमा आयोजना गरेको च्यारिटी कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ देउवाले उक्त कुरा बताएकी हुन् । उनले संविधानको कार्यान्वयका लागि निर्वाचन अरिहार्य भएको बताउदै सबै पक्षलाई एकसाथ लिएर अगाडी बढ्ने प्रयास भइरहेको बताइन् ।

देउवाले नेपालका धेरै पटक राजनीतिक परिवर्तन भए पनि त्यसका उपलब्धिहरु संस्थागत हुन नसकेको भन्दै अहिले संविधानबाटै समस्याको समाधान निकाल्न सकिने बताइन । उनले अहिलेको संविधान नै नेपालको अन्तिम संविधान हुने दावी गरिन् ।

नेतृ देउवाले स्वास्थ्य क्षेत्रका लामो समयसम्म काम गरेको अनुभव सुनाउदै हेल्थ एक्चेञ्ज नेपालले जस्ता संघसंस्थाको गतिविधि राजधानी र वरिपरी मात्र केन्द्रित नभएर देशका दुरदराजसम्म पु-याउन आग्रह गरिन् ।

विदेशमा बसेर पनि नेपालको कला संस्कृति भाषालाई जगेर्ना गर्न नेपालीले खेलेको भूमिकाप्रति प्रसन्नता प्रकट गर्दै दोश्रो पुस्ताका नेपालीलाई समेत नेपालसँगको भावानात्मक सम्वन्ध कायम राख्न सके नेपालको विकासमा फाइदा पुग्ने विचार व्यक्त गरिन् ।
16754783_10154514441064037_1206503337_n

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्वन्धको चर्चा गर्दै मार्च महिनामा हुने २०० वर्ष गाँठका कार्यक्रम लण्डनमा मात्र सीमित नगरी बाहिर पनि आयोजना गरिने जानकारी दिए । यस्ता कार्यक्रमहरुले जनता-जनता बिचको सम्वन्ध अझै गाढा हुने बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व प्रवक्ता डा. हेमराज शर्माले नेपाल प्रकृति र भौगालिक रुपमा जति सुन्दर छ त्यसलाई सरकारीस्तरबाट पूर्णरुपमा सदुपयोग हुन नसक्दाँ नेपाली विदेशिन बाध्य भएको बताए । उनले भूकम्पपछि जुनस्तरमा पुनर्निमाणले गती लिन नसकेकोमा गुनासो पोखे। उनले नेपालको उज्वल भविष्यका लागि गैरआवासीय नेपाली आशावादी रहेको बताए ।

लिभरपुल नेपाली समाजका अध्यक्ष कुमार घर्तीले स्वागत मन्तब्य दिएको सो कार्यक्रममा हेल्थ एक्चेञ्ज नेपालको गतिविधिबारे डा. शम्भु आचार्यले प्रकाश पारेका थिए। कार्यक्रममा प्रविण घिमिरेको संयोजकत्वमा विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साथमा नेपालको बिषयमा वृतचित्र प्रस्तुत पनि गरिएको थियो। कार्यक्रममा सहभागी कलाकारलाई हेल्थ एक्चेञ्ज नेपालका सचिव प्राध्यापक सत्यन राजभन्डारीले प्रमाणपत्र वितरण गरे । अध्यक्ष जेरेमी वार्डले उपस्थित सबैलाई धन्यबाद व्यक्त गर्दै नेपालको लागि अझ बढी सहयोग गर्न हौसला मिलेको बताए।