८ बैशाख २०८१, शनिबार
Follow Us

जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशनमा नारायणकाजी आउने

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७३, बुधबार ०७:११

ब्रसेल्स । नेपाली जनप्रगतिशील मञ्च बेल्जियम एघारौ अधिवेशनको तयारीमा जुटेको छ । मार्च १९ मा हुने अधिवेशनलाई सफल पार्न १ सय १३ सदस्यीय मुल समिति बनेको छ । प्रचार प्रसार, व्यावस्थापनलगायतका अन्य समिति र उपसमितिहरु निर्माण गरिएको कुरा आयोजक संस्थाले जनाएको छ । उतm कार्यक्रम एकीकृत नेकपा माओबादीका वरिष्ठ नेता पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता र नेपालका ख्यातिप्राप्त पनि कलाकार अतिथि रहनु हुने वताइएको छ । बिश्व एक्कासौं शताब्दिमा बिकासका हरेक चरण पार गर्दै अगाडी बढेको अहिलेको समयमा नेपाली जनताको जिवन स्तरलाई बिकास र समृद्धिमा केन्द्रित रहन र जनताको जिवनस्तर उठाउनका लागि वर्तमान नेपालको संबिधानले नेपाली जनताको अधिकारलाई केहि हद सम्म प्राप्त उपलव्धिहरुलाई रक्षा गर्दै अरु थप हक अधिकारका लागि संघर्षमा जान जरुरी भएको बुझाई मंचको रहेको छ ।