७ बैशाख २०८१, शुक्रबार
Follow Us

डडेलधुराको ठूलाखोलामा जीप दुर्घटना, सात जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७३, बुधबार ११:३८

डडेलधुरा । डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी–३ ठूलोखोलामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । मृत्य हुनेमा भागेश्वर ८ का गणेश सार्की, भागेश्वर ४ का जयानन्द भट्ट र उनका छोरा लक्ष्मण भट्ट, भागेश्वर ५ का कामदेव चटौत र नरपति पाण्डे रहेका छन् । यसैगरी दुर्घटनामा परी घाइते भएका भागेश्वर ५ का दिवाकर पाण्डे र भागेश्वर ७ का पदम बहादुर मल्लको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेलधुरामा मृत्यु भएको हो । जीपमा चालकसहित १३ जना सवार रहेको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।
उग्रतारा यातायातको बलेरो जीप सडक बाट १३० मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भईरहेको छ ।