८ बैशाख २०८१, शनिबार
Follow Us

कोमल वलीले जागिरबाट राजिनामा दिइन्

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७३, बुधबार १३:३२

काठमाडौं । कोमल वलीले रेडियो नेपालबाट राजिनामा दिएकी छन् । रेडियो नेपालमा समाचारवाचनबाट चर्चित भएकी सञ्चारकर्मी तथा गायिका वलीले ‘फुल टाइम’ राजनीति गर्ने सोच लिएर बीस वर्षे जागिर छोडेको बताएकी छिन् । पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा प्रवेश गर्नेहरुको लहर चलिरहँदा उनी पनि राप्रपाका कार्यक्रममा बढी देखिन्थिन् ।
सरकारी कर्मचारी राजनीतिक पार्टीमा सक्रिय रहेको भन्दै उनको आलोचना समेत भएको थियो । उनीविरुद्वा हेल्लो सरकारमा गुनासो परेपछि सुचना तथा सञ्चार मन्त्रालयले उनीसँग स्पष्टिकरण समेत सोधेको थियो । उनी भन्छिन्, ‘जागिर छोडेपछि मात्र सक्रिय राजनीतिमा लाग्ने पहिलेदेखिकै सोच भएकाले अब बल्ल सदस्य बन्दैछु । आउँदो महाधिवेशनमा केन्द्रिय सदस्यमा उठ्ने निर्णय गरेको छु ।’ अभिनेत्री रेखा थापालाई उनैले राप्रपा प्रवेश गराएको भन्ने आलोचना समेत भएको थियो ।