७ बैशाख २०८१, शुक्रबार
Follow Us

बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७३, आईतवार ०४:१२

भीमदत्तनगर । १४ वर्षीया किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेको आरोपमा कञ्चनपुरको बेलारी नगरपालिकाका एक युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका– ४ खिरिया बस्ने ४२ वर्षीय दीपक ठकुल्लाले भान्सामा खाना पकाइरहेकी किशोरीलाई जबर्जस्तीको प्रयास गरेपछि प्रहरी खोरमा पुगेका हुन ।
इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार घरमा कोही नभएको बेला खाना पकाइरहेकी ती किशोरीलाई ठकुल्लाले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । शनिबार घटनाबारे बालिकाले घरका अन्य सदस्यलाई जानकारी गराएपछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा ठकुल्लालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो ।