१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तीन आयुक्तद्वारा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७३, बिहीबार ०६:४६

काठमाडौं । निर्वाचन आयोगले आज पुर्णता पाएको छ । आयोगमा सिफारिस भएका तीन जना आयुक्तहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित बिशेष कार्यक्रमबीच ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार साहले पद तथा गोपनियताको सपथ लिनुभएको हो । उहाँहरुले आजैबाट पदभार सम्हाल्नु भएको छ । दलीय भागबण्डाका आधारमा संवैधानिक परिषद्ले गत माघ १४ गते उहाँहरुको नाम आयुक्तमा सिफारिस गरेको थियो । पौडेल कांग्रेस, दाहाल एमाले र साह नेकपा माओवादी केन्द्रको सिफारिसमा आयुक्त नियुक्त हुनु भएको हो । संसदीय सुनुवाई समितिले तीनै जनालाई निर्वाचन आयुक्तमा गत मंगलवार सवसम्मत अनुमोदन गरेको थियो । आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित ५ जना पदाधिकारी रहने संवैधानिक व्यवस्था छ ।