१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पाँच दिन स्ववियू निर्वाचन सार्न सहमत

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७३, बिहीबार १२:४७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यहि फागुन १४ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियू को निर्वाचन पाँच दिन पछि सर्ने भएको छ । चुनावको मिति घोषणा भएदेखिनै यसको विरोध हुदै आएको थियो । खासगरि विप्लव निगट विद्यार्थी संगठनले स्ववियु निर्वाचनको खुलेरै विरोध गरेको थियो । अखिल (क्रान्तिकारी) ले चुनावको विरोधमा क्यामपसहरुमा तालाबन्दि समेत गरेको थियो । प्रमुख विद्यार्थी संगठन र निर्वाचनको विपक्षमा रहेको विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।
आज बिहान राजधानीमा बसेको बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।
उता त्रिभुवन विश्वविद्यालयको भने यसबारे आधिकारिक धारणा आउन बाँकि रहेको छ । निर्वाचनकै विषयमा छलफल गर्न त्रिभुवन विश्वविद्यालयले बिहीबार दिउँसो दुई बजेका लागि प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ ।
बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरे पनि त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।