१५ बैशाख २०८१, शनिबार
Follow Us

आयरल्यान्डका प्रधानमन्त्रीद्वारा इयु छोड्न अस्वीकार

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७३, बिहीबार १२:५३

डब्लिन । आयरल्यान्डका प्रधानमन्त्री टाओइसिच (प्रधानमन्त्री) एन्डा केन्नीले युरोपेली सङ्घ (इयु) छोड्नु पर्छ भन्ने कुनै पनि सुझावलाई स्वीकार नगर्ने बताउनुभएको छ । युरोपेली सङ्घ (इयु) छोड्नु पर्छ भन्ने कुनै पनि सुझावलाई पूर्णरुपमा अस्वीकार गर्ने केन्नीले डब्लिनमा आयोजित इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड युरोपियन एफेयर्सका चिन्तक तथा विश्लेषकहरुको एक सम्मेलनमा प्रमुख वक्ताका रुपमा बताउनुभएको छ ।
उहाँले आयरल्यान्डको समृद्धि र आधुनिक समाजको आधारशीलालाई सहयोग गर्ने उद्देश्यले इयुको सदस्य भएको स्मरण गर्दै त्यसलाई कहिल्यै नभुल्ने र परिवर्तन नगर्ने स्पष्ट पार्नुभएको छ ।
उहाँले युरोपेली सङ्घको सदस्यता आयरल्यान्डको समस्या समाधान गर्न सहयोगी हुनुका साथै अन्तर्राष्ट्रिय शान्ति स्थापना, सुरक्षा व्यवस्थापन, आतङ्कवाद, आप्रवासी, जलवायु प्रदूषणलगायतका विषयमा संयुक्त रुपमा काम गर्न सफल भएको कुरामा जोड दिनुभएको छ ।