११ बैशाख २०८१, मंगलवार
Follow Us

झाँक्रीद्वारा एक महिला बलात्कृत

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७३, आईतवार ०५:१२

वीरगन्ज । पर्साको जसौलीमा मानसिक सन्तुलन ठीक नभएकी महिला उपचारका नाममा झाँक्रीबाटै बलात्कारको शिकार भएकी छिन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३० जसौलीकी १८ वर्षीया विवाहित महिला धामी झाँक्रीबाटै बलात्कृत भएकी हुन् । पर्साको जगरनाथपुर वडा नम्बर ८ का ४५ वर्षीय झाँक्री हरेन्द्र राय थारु र उनका सहयोगी विनय पासवानले झारफुक गर्ने बहानामा खेतमा लगेर बलात्कार गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
प्रहरीले थारुलाइ पक्राउ गरिसकेको छ भने उनका सहयोगी पासवान फरार छन् । महिलालाई स्वास्थ्य उपचार र परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ ।