१५ चैत्र २०८०, बिहीबार
Follow Us

बिइङ ह्युमन नेपाल प्रमुख राजु थापा र सलमान खान बीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७३, बिहीबार २१:२७

मुम्बई । विश्वविख्यात क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमनको नेपाल प्रमुख राजु थापा र सलमान खान बीच भेटवार्ता भएको छ । विहीवार मुम्बईस्थित ब्यान्द्रामा भएको भेटमा खानले नेपालका आफ्ना फ्यान प्रति आभार व्यक्त गर्दै छिट्टै नेपालको भ्रमण गर्ने बताए । खानले उनको च्यारीटी क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमनले नेपालमा दिनप्रति सफलता प्राप्त गर्दै गएकोमा प्रसन्नता प्रकट गरेका थिए । भेटमा थापाले सलमान खानलाई नेपालको भ्रमण गरि ‘बिइङ् ह्युमन सोरुमको अवलोकन गर्न समेत आमन्त्रण गरेका थिए ।

2
‘बिइङ् ह्युमन सोरुमको आधिकारीक सो रुम तीन बर्षअघि नेपालमा सञ्चालन आए पछि अब देखी तिनवटा शाखाबाट आफ्नो सेवा दिदैं आएका छन् । युवा ब्यदवसायी राजु थापाको पहलमा सोरुमले पहिलो पटक नेपालमा ब्यवसाय सुरुवात गरेको हो । गत असोज ८ गते दरबारमार्गको राइजिङ मलबाट उक्त नेपालको पहिलो आधिकारीक सोरुम दरबारमार्गकै क्यापिटल मलमा सारिएको साथै सोही दिन ललितपुर स्थित पु्ल्चोकको लबिम मलमा शाखा विस्तार गरिएको छ । बिइङ ह्युमनले सुन्दर प्राकृतिक नगरी पोखराको चिप्लेढुंगामा अवस्थित पोखरा ट्रेडबाट समेत आफ्नो सेवा दिदैं आएको छ ।

सलमान खान फाउण्डेसन तथा यसको उत्पादक कम्पनी मन्धना इन्टस्ट्रिजसंग सहकार्य गर्दै ‘बिइङ् ह्युमनको आधिकारिक सो रुम नेपालमा सञ्चालनमा ल्याएको हो । सन् २००७ मा फ्रान्समा खुलेको पहिलो सोरुमपछि बेल्जियम, स्पेन, बहराइन, दोहा, जेद्धाह, कुबेत, जोर्डन, संयुक्त अरब, पाकिस्तान, रियाध, भारत आदिपछि नेपाल ‘बिइङ् ह्युमनको सोरुम सञ्चालन गर्ने पन्ध्रौं मूलुक हो ।