१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय निकाय आजबाट सुचारु

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७३, शुक्रबार ०६:५१

काठमाडौं । कर्मचारी आन्दोलनका कारण चारदिनदेखि ठप्प स्थानीय निकाय आजवाट सञ्चालनमा आएका छन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकायका कर्मचारी संघ, संगठनका प्रतिनिधिबिच कार्यदल गठन गर्ने सहमति भएपछि स्थानीय निकाय आजवाट खुलेका हुन । मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबिच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्र्ने गरि सात बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन । जिल्ला विकास समिति, नगरपालिका र गाविसमा रहेका कर्मचारी आन्दोलनका कारण स्थानीय निकाय चारदिनदेखि ठप्प थिए । उनीहरुले स्थानीय निकायका कर्मचारीलाई निजामती सरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्ने लगायत माग राख्दै आन्दोलन गर्दै आएका थिए ।