१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालमा ५५ हजार यौनकर्मी

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७३, शुक्रबार ०६:५४

काठमाडौं । नेपालमा अवैध रुपमा व्यवसायिक यौनकर्ममा लागेका महिलाको संख्या झन्डै ५५ हजार रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रको अध्ययन अनुसार र नेपालमा महिला यौनकर्मीको संख्या न्यूनतम ४३ हजार आठ सय २९ देखि अधिकतम ५४ हजार एक सय ९७ रहेको जनाएको हो । ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको सहयोगमा केन्द्रले गरेको अध्ययनले विभिन्न ४४ जिल्लाबाट तथ्यांक संकलन गरी ३१ जिल्लाको संख्या आँकलन गर्दा ४३ हजार देखि ५४ हजार महिला यौनकर्मी रहेको जनाएको छ ।
केन्द्रले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले काठमाडौँमा सबैभन्दा बढी ९ हजार सात सय ८९ देखि ११ हजार ६ सय ७० महिला यौनकर्मी रहेको देखाएको छ । महिला यौनकर्मीको संख्या उच्च रहेको जिल्लामध्ये भक्तपुर दोस्रो र ललितपुर तेस्रो नम्बरमा रहेका छन् ।
यसैगरी, तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष र पुरुषसित यौन कार्यमा संलग्न हुने अन्य पुरुषहरुको अनुमानित संंख्या न्यूनतम ८७ हजार आठ सय २३ देखि अधिकतम एक लाख ११ हजार पाँच सय ५२ जना रहेको केन्द्रले जनाएको छ । यसैगरी नेपालमा ३० हजारभन्दा बढीले सुइद्वारा लागूऔषध लिने गरेको समेत अध्ययनले देखाएको छ ।