१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालको पहिचानका लागि गौमाताको संरक्षण

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७३, शुक्रबार १३:२४

चितवन । गौमाताको संरक्षणले मात्र नेपालको पहिचान संरक्षण सम्भव हुने सांसद गीता वाग्लेले बताएकी छन् । नारायणी नदी किनारमा जारी विराट गोरक्ष महायज्ञमा मन्त्यवदिदै सांसद वाग्लेले वैदिक गाईहरु लोपन्मुख अवस्थामा आइसकेकोले यसको संरक्षण गर्नु हरेक नेपालीको दायित्व भएकोे बताएकी हुन् । गाई संरक्षणसँगै नेपालका नदीनाला तथा धार्मिक स्थलहरुको संरक्षण तथा प्रचारप्रसार हुननसकेकोमा समेत सांसद वाग्लले चिन्ता प्रकट गरिन् ।
पछिल्लो समय गाईको हत्या गरी हिन्दू धर्मको उपहास गरिएकोले गाईको संरक्षण गर्न महायज्ञ आयोजना गरिएको हो । नेपालका गाईहरुको विश्वमा नै उत्कृष्ट महत्व रहेको बताउनु हुदै गाई को संरक्षणका लागि कोष स्थापना गर्ने उदेश्यले महायज्ञ आयोजना गरेको संयोजक पदमराज पान्डेले जानकारी दिनुभयो । महायज्ञबाट संकलन भएको रकमले स्थानीय जातिका वैदिक गाईको संरक्षणका लागि गौ सेवा कोष स्थापना गर्ने उद्देश्य राखिएको छ । महायज्ञ अवधिभरी गौ महिमा र गौ महात्मामा आधारित गौ कथावाचन भइरहेकोले उपस्थित भएर श्रवण गरी पूण्य लाभ गर्न समेत आयोजकले सबैमा आग्रह गरेको छ ।
। महायज्ञबाट वैदिक गाईको संरक्षण गर्ने निति, कार्यक्रम एवम् कार्ययोजना तर्जुमा गरी सम्पादन र कार्यान्वयन गरिने आयोजकको योजना छ । महायज्ञको अवसरमा बिहीबार साहित्यकार तथा बालकुमारी उच्चमाविकी पूर्वप्राचार्य सरस्वती रिजाल, साहित्यकार श्रीभक्तअच्युतवाग्लेलगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा भजनगायक रशेम सापकोटाले पनिआफ्नो प्रस्तुतिरु दिएका थिए । महायज्ञमा भागवत कथा वाचक दिपक सापकोटाले भक्तिमय प्रवचन गरेकाछन् भने बालयोगी सोमराज जी महाराजले पनि गौ महात्म्य वाचन गरेका छन् ।
महायज्ञमा योगदान एवं विशेष दान सहयोग गर्ने व्यक्ति एवं संघसंस्थाहरुको फोटो सहितको ऐतिहासिक पुस्तक प्रकाशन गरिने वताइएको छ । मह्ँयज्ञ महाशिव राात्रीको दिन सम्म चल्ने छ ।
– सृजना अर्याल