४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा शुभकामना

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७३, शुक्रबार १३:२७

काठमाडौं । ६७ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश व्यक्त गरको छन् । शुभकामना सन्देशमा पूर्वराजा शाहले प्रजातन्त्रमा राजनीतिक पद्धति अनेक भए पनि प्रजातन्त्रको पहिलो सर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनुपर्ने उल्लेख गरेका छन् । उनले मौलिक दर्शन, गौरव, सभ्यता र संस्कारलाई जगाउन, जोगाउन र मर्यादित बनाउनु राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु रहेको बताएका छन् । यसैगरी पूर्वराजा शाहले विभिन्न पेसाकर्मी र वर्गलाई आपूmले भोगिरहेको अवस्थाप्रति प्रश्न गर्न समेत आह्वान गरेका छन् ।