१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शुभकामना दिन पुगेका देउवा र ओलीबीच जुहारी

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७३, शुक्रबार १३:४३

काठमाडौं । राप्रपाको एकता महाधिवेशनको शुक्रबार भएको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुरले देउवा र एमाले अध्यक्ष केपी ओलीबीच जुहारी नै चल्यो । कार्यक्रम संचालन भइरहँदा मञ्चमा उनीहरु एकै ठाउँमा रहे पनि खासै कुराकानी भएन् । शुभकामना दिने क्रममा उनीहरुबीच जुहारी चलेको हो ।
एमाले अध्यक्ष ओलीले राप्रपाले एमाले बाहेक अरु दललाई धक्का दिन सक्ने बताएका थिए । देउवातर्फ लक्षित गर्दै उनले एमाले बाहेक अरु राजनीतिक दललाई राप्रपाले धक्का दिन सक्ने भन्दै पटक पटक दोहोर्याएका थिए ।
देउवाको शुभकामना दिने पालो आएपछि ओली आफ्नो शुभकामना दिएर हिँडिसकेका थिए । देउवाको पालो आएपछि उनले ओलीको जवाफलाई राम्रैसँग फर्काएका छन् । उनले भने, ‘ओलीजी, राप्रपाको सबैभन्दा धेरै भोट झापाबाटै आएको छ । होस् गर्नुस् ।’ झापा एमाले अध्यक्ष ओलीको गृहजिल्ला पनि हो । देउवाले राणा शासनदेखि पञ्चायतविरुद्ध पनि कांग्रेसले बहुदलीय व्यवस्थाका लागि लडेको र बहुदलीय व्यवस्था आउनु नै कांग्रेसको जित भएको बताएका छन् । चुनावमा कसलाई जिताउने भन्ने त जनताको हातमा रहेको उनले बताए ।