७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएका कुन कुन पद थपिए ?

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७३, शुक्रबार १३:४१

लन्डन । गैरआवासीय नेपाली संघको सन् २०१५ अक्टोवरमा काठमाडौंमा सम्पन्न ७ औं महाधिवेशनले पारित गरेको विधानलाई परराष्ट्र मन्त्रालयले स्वीकृति दिएको छ ।

नयाँ संशोधित विधानअनुरुप संघको संगाठानिक संरचनामा केही नयाँ पद सिर्जना गरिएको छ । गैरआवासीय नेपाली संघको विधान संशोधन समितिका संयोजक तथा पूर्व प्रवक्ता डा. हेमराज शर्माका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन समिति (एनसीसी) को अध्यक्ष बन्नसमेत विधानले योग्यता तोकेको छ ।

राष्ट्रिय अध्यक्ष बन्न संघको अन्तर्राष्ट्रिय परिषद वा राष्ट्रिय समितिमा अनिवार्य एक कार्यकाल काम गरेको हुनुपर्ने छ । यो प्रावधान नयाँ गठित राष्ट्रिय समितिमा भने लागू हुने छैन । ३ कार्यकाल समाप्त भइसकेका राष्ट्रिय समन्वय समितिलाई भने यो प्रावधान अनिवार्य लागू हुनेछ ।

संशोधित विधानअनुसार उपाध्यक्ष ३ (महिलासहित), महासचिव १, सचिव २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष एकजना रहने व्यवस्था गरिएको छ । त्यस्तै हरेक क्षेत्रबाट एक एक जनाको प्रतिनिधित्व रहने गरि ६–६ जना महिला उपसंयोजक तथा युवा उपसंयोजकको पद सिर्जना गरिएको छ । संशोधित विधानमा दस वा सोभन्दा बढी राष्ट्रिय समन्वय समिति भएको क्षेत्रमा थप एकजना क्षेत्रीय उपसंयोजक निर्वाचित हुने व्यवस्था गरिएको छ । नयाँ प्रावधानले एसिया र अफ्रिका क्षेत्रमा थप १ जना उपसंयोजक थपिने भएको छ । डा. शर्माका अनुसार संघले बढीमा ११ जना सल्लाहाकार र २१ जना केन्द्रीय सदस्यको मनोनयन हुने व्यवस्थासमेत संशोधित विधानले गरेको छ ।

कुन कुन पद थपिए ?
untitled

आगामी अक्टोवर १४ देखि काठमाडौंमा हुने ८ औं महाअधिवेशनले नयाँ नेतृत्वको समेत चयन गर्नेछ । यसअघि गैरआवासीय नेपाली संघका ७४ देशमा छरिएका राष्ट्रिय समितिले सेप्टेम्वर १५ तारिखभित्र राष्ट्रिय अधिवेशन अनिवार्य गरिसक्नु पर्ने वैधानिक व्यवस्था रहेको छ ।
महाधिवेशन तथा विश्व सम्मेलनमा एक देशबाट कति जना प्रतिनिधीले भाग लिन पाउँछन् ?

1