४ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतको ईयूबाट दुई वर्षमै वहिर्गमन कठिन

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७३, शनिबार ०४:५५

स्टकहोम । स्वीडेनी प्रधानमन्त्री स्टेफेन लफभेनले बेलायतको ‘युरोपियन युनियन’ ईयूबाट वहिर्गमन दुई वर्षभित्र गर्ने भनी गरिएको तयारी साहै्र कठिन कार्य भएको बताउनुभएको छ । लफभेनले ब्रेक्जिट प्रक्रियाबारे अमेरिकी सञ्चारमाध्यम (एपी) सँगको कुराकानीमा बेलायतले अझै ठूलो बिल ईयूलाई तिर्न बाँकी रहेको र सो बिल भुक्तानी नहुँदासम्म ईयूबाट बेलायतको बहिर्गमनका लागि ढोका नखुल्ने बताउनुभयो । ईयूको कानुनमा तय गरिएको समयसीमा अनुसार वहिर्गमन प्रक्रिया कठिन रहेको र सन् २०१९ मार्च पहिले यो सम्भव नहुने उहाँको धारणा थियो । लफभेनले भन्नुभयो, ईयूबाट बेलायतको वहिर्गमनबारे सोच्नु सकारात्मक र आशावादी सोच हो तर, कानुनी तथा अन्य व्यवहारिक जटिलता रहेका छन् ।