८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री ओली कानूनविद्सँग परामर्श गर्दै

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७३, आईतवार ०८:५९

काठमाडौं । नयाँ सरकार गठनका लागि संवैधानिक व्यवस्था पालना गर्दै मार्गप्रशस्त गर्न कांग्रेस र माओवादी केन्द्रले आग्रह गरेपछि प्रधानमन्त्री केपी ओलीले आज कानुनविज्ञहरुसँग छलफल गर्दैछन । नयाँ सरकार गठनका लागि संवैधानिक बाटो नभएको बताएका ओलीले कसरी अघि बढ्ने भन्ने विषयमा आज अपरान्ह कानुनविद्सँग परामर्श गर्न लागेका हुन कंग्रेस र माओवादी केन्द्रले हिजो कानुनविदहरुसँग परामर्श गरी नया सरकार गठनका लागि संवैधानिक जटिलता नरहेको निष्कर्ष निकालेका थिए । दुई दलले नयाँ सरकार गठनमा संबिधान बाधक भएको भन्दै अनावश्यक भ्रम सिर्जना नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।