१५ बैशाख २०८१, शनिबार
Follow Us

गोरक्षा महायज्ञमा वक्तृत्वकला

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७३, शनिबार १३:५१

चितवन । गौ सेवा कोष स्थापनार्थ हिन्दु ओमकार भोलिन्टियर्सले आयोजना गरेको वक्तृत्वकलामा वाल्मीकी शिक्षा सदन भरतपुर ६ की मृणाल शर्मा प्रथम हुन सफल हुनु भएको छ । चितवनको नारायणी नदी किनारमा भईरुहेको विराट् गोरक्षा महायज्ञमा शनिवार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो  ।
विद्यार्थीवर्गमा गाईको महत्वबारे जानकारी दिनुका साथै गौ रक्षाको लागि सानै उमेर देखि बुभmन् जरुरी छ भन्ने उद्धेश्यले गरिएको प्रतियोगितामा प्रेरणा आवासिय माविकी सजना पन्त द्धितिय, प्रेरणाकै मानषी पहारी तृतिय र साईनिङ आवासिय मावि गैडाकोटका सुमित धमला र सिताराम संस्कृत मावि देवधाटकी सरिता विक सान्त्वना हुनु भएको थियो ।  चितवन र गैडाकोटका १८ विद्यार्थी विच भएको प्रतिस्पर्धामा सहभागि विद्यार्थीहरुले विशेष गरि स्थानिय गाइृको महत्व र त्यसको रक्षाको बारेमा आफनो प्रस्तुती जोडदार रुपमा प्रस्तुत गर्नु भएको थियो ।
देवधाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको प्रतियोगितामा उहाँले गाई संरक्षणको लागि चितवनमा आफु समेत रहि रहेको बताउदै विद्यार्थी वर्गमा गाई सम्वन्धी चेतनाले आफु अत्यन्तै खुशी भएको बताउदै आगामी दिनमा आफनो संस्थाले समेत विधर्थी वर्गमा यस्ता खालका कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो । चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, शिक्षक देवी श्रीष र कृष्ण पहारी निर्णायक रहनु भएके प्रतियोगितालाई पत्रकार राजु थापाले संयोजन गर्नु भएको थियो ।
महायज्ञमा  हिन्दु ओमकार परिवारमा रहेको लामागुरु, बज्राचार्य र ब्राम्हण गुरुहरुले संयुक्त रुपमा महायज्ञमा हवन तथा प्रचवन गर्नु भएके थियो ।
नेपालमा रहेका लोकल जुरो भएक गाईलाई संरक्षण गर्नको लागि र गाईको महत्व उजागार गर्नको लागि चितवनमा विराट महायज्ञको आयोजना गर्न लागिएको महायज्ञका संयोजक पदमराज पाण्डेले जानकारी दिनु भयो । सो सन्र्दभवमा वालयोगी स्वामी सोमराज महाराजले गहुत को महत्वको  वारे  प्रयोग नै गरेर देखाउनु भएको थियो । समेत  उहाँका अनुसार नेपालका ५ वटै विकास क्षेत्रमा १ वटा गाई संरक्षण केन्द्र र धर्मशाला निमार्ण गर्ने उद्धेश्यले कोषको स्थापना गर्न लागिएको बताउनु भएको छ । महायज्ञ फागुन १३ गते सम्म संचालन हुनेछ ।