७ बैशाख २०८१, शुक्रबार
Follow Us

माओवादीसँग सम्झौता गर्दा पार्टीमा छलफल नगरेकोमा आपत्ति

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७३, आईतवार ०९:०५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीले लिने निर्णयमा एकलौटी नगर्न पौडेल पक्षधर नेताहरूले चेतावनी दिएका छन् । आज विहान पार्टी सभापति देउवासँग बुढानिलकण्ठमा भेटेर कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह र रामशरण महतले एकलौटी रुपमा पार्टी चलाउन खोजेको भन्दै असन्तुष्टि जनाएका हुन । नेताहरुले माओवादीसँग सम्झौता गर्दा पनि पार्टीमा छलफल नभएको भन्दै सभापतिको ध्यानाकर्षण गराएका छन । भेटमा नेताहरुले नयाँ सरकार गठन, पार्टी पदाधिकारी चयन, केन्द्रीय समिति, विभाग, कार्यसम्पादन, बोर्ड गठन लगायतमा एकलौटी नगर्न देउवालाई चेतावनि समेत दिएका छन । पार्टीका महत्वपूर्ण निर्णय अघि वैधानिक निकाय केन्द्रिय समितिमा छलफल गर्न पनि सुझाव नेताहरुले दिएका छन । सरकारमा पठाउने व्यक्तिहरूका बारेमा पनि निर्णय लिँदा पर्याप्त आन्तरिक छलफल गर्नुपर्ने माग असन्तुष्ट नेताहरुको छ । नेताहरूको ध्यानाकर्षणपछि सभापति देउवाले यसै साता केन्द्रीय समितिको बैठक बोलाउने आश्वासन दिएको बताइएको छ ।