१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेको नयाँ निर्वाचन तोकियो

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७३, शनिबार १९:२१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सातौं अधिवेशन ९ सेप्टेम्वर, शनिवार हुने भएको छ । गैरआवासीय नेपाली संघ यूकेका प्रवक्ता खुशी लिम्बुका अनुसार संघको शनिवार लन्डनस्थित पलम्बस्टेडमा बसेको बैठकले अधिवेशनको मितितय गरेको हो ।

नयाँ नेतृत्वको समेत निर्वाचन हुने सो अधिवेशनमा मतदान गर्न र उम्मेदवार बन्न चहानेहरुलाई ३१ जुलाई सम्म अनलाइनबाटै संघको साधारण सदस्य लिन सक्ने छन् । अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा बसेको बैठकले गैरआवासीय नेपाली संघको सकृयताका गोर्खाको लाप्रापमा भूकम्प पीडितका लागि बन्दै गरेको घर निमार्णका लागि मार्च महिनाको अन्तिम साताबाट स्वयंम सेवक परिचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले एनआरएन यूकेले निमार्ण गर्न लागेको नेपाल हाउसको लागि लगानीको अवसर खोलिदिएको छ । सो हाउसका लागि लगानीकर्ता ब्यक्तिगत तथा सामूहिक रुपमा लगानी गर्न सक्ने भएका छन् । बैठकले एक जिल्ला एक परियोजना अन्तर्रगत सिरसीरे स्कुलको लागि सहयोगको घोषणा गरेका सहयोगदाताहरुलाई आफ्नो सहयोग तत्तकाल एनआरएन यूकेको खातामा जम्मा गरिदिन् आग्रह गरेको छ ।

अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न हुने अधिवेशनका लागि निर्वाचन समिति र विद्यान समितिको टुंगो भने अगामी मार्च १२ तारिख बस्ने साइवर बैठकले लगाउने भएको लिम्बुले जनाए ।

बैठकमा गैरआवासीय नेपाली संघको यूरोप संयोजक कुल आचार्य, आइसीसी सदस्य संगिता मरहठ्टा, योगेन क्षेत्री, विश्वदीप तिगेला, सुस्मा राई लगायतको उपस्थिती थियो ।