१३ बैशाख २०८१, बिहीबार
Follow Us

तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छः नेता पौडेल

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७३, आईतवार १२:४०

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ । डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मुलुकमा निर्वाचन गरेर विकासको बाटोमा लैजानु अहिलेको मुख्य आवश्यकता हो ।”
वरिष्ठ नेता पौडेलले निर्वाचनको विरुद्धमा जान खोज्नु प्रतिगामी कदम भएको बताउनुभयो । “आजभोलि नै सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्छ”–उहाँले भन्नुभयो ।