२९ बैशाख २०८१, शनिबार
Follow Us

डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७३, आईतवार १३:२०

काठमाडौं । डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन् । एअर अरेवियाको जहाजमार्फत संयुक्त अरब इमिरेट्स(युएई)को दुबईबाट आज मध्याह्न १२ बजे नेपाल आएका ३५ वर्षीय कश्यप कान्तिलाल पक्राउ परेका हुन् । भन्सार जाँचका क्रममा आधा÷आधा किलोको दुईवटा सिक्री र आधा किलोको सुनको बाला लगाएको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले जानकारी दिनुभयो ।
पक्राउ परेका कश्यप भारतको अहमदावाद निवासी भए पनि हाल दुबईमा बस्दै आएका थिए । उनी युएईको राहदानीबाहक हुन् । हिन्दी, अङ्ग्रेजीका साथै नेपालीसमेत बोल्न जान्ने कश्यप यसअघि पनि नेपालमा सुन तस्करीमा संलग्न भएको अनुमान गरिएको छ । उनलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाइएको सापकोटाले बताउनुभयो । यसअघि गत पुस २१ गते भन्सार छलेको करिब साढे ३३ किलो सुनसहित तीन जनालाई प्रहरीले विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो ।