१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निर्वाचन मिति भोलि घोषणा हुन्छ : प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७३, आईतवार १३:३५

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहालले भोली (सोमबार) स्थानीय तहको चुनावको मिति घोषणा गरिने बताएका छन् । संविधान संशोधन गरेर चाडो चुनावमा जानु आफ्नो मुख्य दायित्व भन्दै उहाँले अब त्यो समय आइसकेको उल्लेख गरे । सिरहाको लहानमा आज श्रीमद् भागवत महापुरण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्दैै प्रधानमन्त्री दाहालले सोमबारको मन्त्रिपरिषद बैठकबाट स्थानीय तहको चुनावको घोषणा गरिने बताएका हुन् ।
‘शान्ति, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि संविधान कार्यान्वयन जरुरी भएको भन्दै उनले संविधान संशोधनको प्रक्रियालाई पनि सँगसँगै अघि वढाइने बताए । मधेसले नै आफूंलाई प्रधानमन्त्री बनाएको भन्दै उनले जनसंख्याको आधारमा मधेसमा स्थानीय तहको निर्धारण गरिने जानकारी पनि दिए ।