१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजदूत सुवेदीको ‘मनभित्र पनि आकाश हुन्छ’ लन्डनमा लोकार्पण

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७३, सोमबार ०८:२१

लन्डन । नेपाली राजदूतावासले ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवस लन्डनमा एक विशेष समारोह आयोजना गरि सम्पन्न गरेको छ ।
शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गरी शुरु भएको उक्त कार्यक्रममा नेपलिज वुमन एसोसिएसन यूके तथा बेलायतका विभिन्न संघसंस्था, पेशा र क्षेत्रसंग आवद्ध महिला प्रतिनिधि तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति थियो ।

सो अवसरमा नेपालमा महिला अधिकार विषयक औपचारिक अन्तरक्रिया पनि आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि व्यवस्थापिका संसद सदस्य डा. आरजु राणा देउवा थिइन् । कार्यक्रममा डा. देउवाले नेपालमा लोकतन्त्र प्राप्तिपछि जनताले प्राप्त गरेका उपलब्धिहरुवारे चर्चा गर्दै वर्तमान संविधानमा अन्तरनिहित महिला हक तथा अधिकारबारे बोलिन् । उनले राष्ट्रनिर्माणका हरेक क्षेत्रमा महिला हक अधिकारको सुनिश्चितता, लैङ्गिक समानता, जातीय भेदभावको अन्त्य, नागरिकता प्राप्ति र महिला जागरणका विषयमा वर्तमान संविधानले प्रत्याभूत गरेका मूलभूत अधिकारहरुका सम्बन्धमा सुसुचित गराउंदै सम्पूर्ण महिला दिदीबहिनीहरुलाई एकजुट भएर आफ्नो हक अधिकारका लागि सधैं अगाडि बढ्न प्रेरणा प्रदान गरिन् ।

सोही अवसरमा प्रमुख अतिथि माननीय डा. देउवाले राजदूत डा. दुर्गा बहादुर सुवेदीद्वारा रचित कविताकृति ‘मनभित्र पनि आकाश हुन्छ’ लगायत तीन कृतिहरु लोकार्पण गरिन् ।

बेलायतका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदीले राष्ट्रिय प्रजातन्त्र दिवसको पुनित दिनले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाललाई आर्थिक समृद्धिको महान गन्तव्यमा पुग्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले बेलायतवासी समस्त नेपाली दिदीबहिनीहरुमा नेपालको राजनीतिक स्थिरता र सामाजिक विकास एवं शान्ति र समृद्धिप्रति सधैं चिन्ता र चासो रहेको उल्लेख 
गर्दै समस्त नेपाली दिदीबहिनीहरु संगठित भएर नेपालको आर्थिक विकासमा अघि बढ्न अनुरोध गरे ।

नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष श्रीमती आरती श्रेष्ठले प्रजातन्त्र दिवसले महिला हक अधिकारका क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै नारी उत्थानका लागि महिलाहरु एकजुट हुनुपर्ने विचार व्यक्त गरिन् ।

एकसय पचासभन्दा बढि नेपाली महिला उपस्थित रहेको उक्त कायर्कममा नेपाली कविता, गीत संगीत तथा नेपाली सांस्कृतिक नृत्यहरुको प्रस्तुति सहित रात्रिभोज आयोजना गरिएको थियो ।

IMG_0916

IMG_1085

IMG_1090

IMG_1123

IMG_1144

IMG_1151

IMG_1169

IMG_1169[1]

IMG_1194