१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सव (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७३, सोमबार ०५:०३

लन्डन । नेपाल ब्रिटेन डट कमको नवौं वार्षिकोत्सवको बिशेष कार्यक्रम लन्डनमा भैरहेको छ । कार्यक्रमको उद्धघाटन बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन र गैरआवासीय नेपाल सँघका प्रमुख संरक्षक जीवा लामिछानेले सँयुक्त रुपमा उद्धघाटन गरे । कार्यक्रमको पहिलो चरणको कार्यक्रममा बेलायतस्थित बिभिन्न युनिर्भरसिटीमा कार्यरक विज्ञहरुले नेपालको पूननिर्माणका चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रमलाई पुनर्निर्माण प्राधिकरण प्रमुख सुशील ज्ञवालीले सम्बोधन गरे । उनले नेपालको भूकम्पपछिको सम्भवना र चुनौति बिषयक कार्यशालामा नेपालको पछिल्लो अवस्थाबारेमा आफ्ना धारणा राखेका थिए । अध्यक्ष चिनरन्जीबी ढकालको अध्यक्षता जारी कार्यक्रममा

ज्ञवालीले नेपालको पछिल्लो अवस्थाको जानकारी भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गरेका हुन् । आफ्नो स्थापनाको ९ औं वर्षगाँठमा आयोजना हुन लागेको वार्षिक कार्यक्रम तथा सम्मान समारोहमा बेलायतस्थित विभिन्न विश्वविद्यालयमा कार्यरत अध्यापन गर्ने विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका छन् ।
नेपाली हाइली स्किल प्रोफेशनल सोसाइटी (सिएनएस)को सहकार्यमा हुने सो कार्यशाला गोष्ठमा भूकम्पपछि नेपालको शिक्षा क्षेत्रमा परेको प्रभावबारे डा. तेजेन्द्र फेरारीले आफ्नो कार्यपत्र पेश गरे । उनको कार्यपत्रमाथि हरिस ज्ञवालीले टिप्पणी गरे । सो कार्यपत्रमा इन्जिनियर श्याम थापा, रामकृष्ण सिटौलाले आआफ्नो धारणा राखेका थिए ।
यस्तै रिकन्ट्रक्सन अफ ड्यामेज स्टक्चरसम्बन्धी कार्यपत्र लेखनाथ खरेल र रामकृष्ण अधिकारीले प्रस्तुत गरे । भूकम्पपछि नेपालको स्वथ्य क्षेत्रको प्रभावका सम्बन्धमा डा एन्जल मगरको कार्यपत्रमाथि डा कपिल रिजालले आफ्नो धारण राखे । सोही कार्यशालामा कम्प्लेश अफ इन्टरनेश्नल एण्ड च्यारिटेवल एड टु सपोट रिबिल्डिङसम्बन्धी कार्यपत्र डा. कृष्ण उपाध्याय र डा कृष्ण अधिकारीले प्रस्तुत गरे । सो कार्यपत्रमाथि गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछानेले आफ्नो धारण राख्नेका छन् । कार्यपत्रमा माथिको छलफलमा खगेन्द्र नेपाली, विश्वआर्दश पण्डित, हरिस ज्ञावली, नारायण कँडेल, चन्द्र बहादुर गुरुगं लगायतले भाग लिए ।