१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालको भौतिक निर्माणमा बेलायतका नेपाली इन्जिनियरको चासो

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७३, सोमबार ०९:४५

लन्डन । सोसाईटी अफ़ नेप्लिज इन्जिनियर्स युकेको आयोजनामा गत शनिबार नेपालको इन्फ्रा स्टक्चर डिभेलेप्मेण्टसम्बन्धि छलफल कार्यक्रम नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रमलाई शुभकामना दिदै बेलायतमा भएका इन्जिनियरले हासिल गरेको ज्ञानलाई नेपालको विकास र समुन्नतिका उपयोग गर्न नेता पौडेलले आग्रह गरे । बेलायती ज्ञान र सीपलाई नेपालमा स्थानान्तरण गर्न नेता पौडेलले बिदेशी भूमिमा धेरै नबसी ज्ञान र सीप लिएर नेपाल फर्कन आब्हान गरे ।
अर्का अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदीले नेपाली राजदुताबास यसप्रकारका कार्यक्रममा सदैब सहयोगको हात बढाउन तयार रहेको बताए । उनले आफु पनि इञ्जिनियएरिङ पृष्ठभूमिबाट कुटनैतिक क्षेत्रमा आएकाले यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन दूतावासले सहयोग गर्ने बताए ।
तीन चरणमा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा बेलायतमा रहेका विभिन्न क्षेत्रमा काम गरिरहेका इन्जिनियरहरुले कार्यपत्र पेश गरेका थिए । सोने युकेका सभापति घनश्याम पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिब शैलेन्द्रकाजी श्रेष्ठले गरेका थिए ।
कार्यक्रम संयोजक डा। बिरेन्द्र श्रेष्ठले सम्मेलनका बारेमा जानकारी गराएका थिए । विभिन्न संगठनका प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा जनसम्पर्क समितिका सभापति लोक गुरुङ, एनआरएन इन्टरनेसनलका संस्थापक सचिब चिरञ्जीवी ढकाल , गोर्खा ज्वेलरी साउथ हेरो , भण्डारी ब्रदर्सले कार्यक्रमको प्रायोजन गरेका थिए ।
टेक्निकल सत्रको सभापतित्व डा बिनोदलाल अमात्यले गरेका थिए । कि नोट स्पिकर्का रुपमा प्रा। डा केशब दाहालले नेपालको सुचना र संचार प्रविधिमा भएका प्रगति र बिश्वको बढ्दो प्रभावबाट नेपालले सिक्न सक्ने सम्भाव्यताका बारेमा बोलेका थिए ।
प्लेनरि सेशनमा सामुहिक छलफल र फीड ब्याकसम्बन्धि कार्यक्रमको सभापतित्व डा। रमेश मरशानीले गरेका थिए । कार्यक्रममा सोने युकेका पुर्बअध्यक्ष कृष्णकिशोर श्रेष्ठलगायतका पदाधिकारीको सहभागिता थियो । नेपालको सुचना र संचार प्रविधिले देशको आर्थिक बिकाशको क्षत्रमा पार्ने चुनौती र सम्भाव्यता का बारेमा हरि न्यौपाने, बजेटको परिधिभित्र प्रोजेक्ट समापनमा नेपालका प्रोजेक्टहरुको संचालनमा हुने स्थितिको बिश्लेशनात्मक अध्ययनका बारे सचिदा चतुर्बेदी , ओपन नलेज नेटवर्क र एसको पूर्वाधार बिकाशको भूमिका का बारेमा अन्जनी फुयाल, नेपालको इनर्जी संकट र नबिकरनिय उर्जा बाट हुने शिघ्र समाधानका बारेमा स्वनजि युनिभर्सिटीमा पीएचडी रत रामहरि पौड्याल, हेल्थ एंड सेफ्टीले कसरि मानवीय क्षति कम गर्न सकिन्छ भन्ने बारे राजकुमार त्रिपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रश्नोतरसहित रोचक किसिमले भएको उक्त कार्यक्रमबाट निकालिएको प्राविधिक निचोडलाई देशको पूर्वाधार बिकाशमा सहयोग पुराउने उद्दश्ले नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पठाइने जानकारी दिइयो ।