१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७३, सोमबार १०:३०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय संगठन ‘प्याब्सन’को १३ औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा उदघाटन गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेका पनि बताए । मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा मुलुकको समृद्धिका लागि अगाडि बढ्ने वचनबद्धता व्यक्त गरे ।