७ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन पत्रकार संगठनद्वारा महासंघको ध्यानार्कषण (विज्ञप्तीसहित)

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७३, सोमबार १३:४०

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको पछिल्ला गतिविधिप्रति पत्रकार सम्बद्ध तीन संगठनले गम्भीर ध्यानार्कषण भएको जनाएका छन् । नेपाल प्रेस युनियन चितवन, प्रेस सेन्टर चितवन र क्रान्तिकारी पत्रकार महासंघ चितवनले संयुक्त रुपमा ध्यानार्कषण पत्र बुझाएका हुन् ।
पत्रकार महासंघ चितवन शाखाको सभाहलमा आयोजित एक समारोहका विच पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद पोख्रेरललाई प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली र क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष सूर्य बरालले संयुक्त रुपमा ध्यानार्कषणपत्र हस्तान्तरण गरेका थिए ।
चार वुदे ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ चितवनले हाल सिफारिस गरेका सदस्यहरु मध्ये केहिको मुख्य पेशा पत्रकारितामा नरहेको हुदाँ त्यसलाई वदर गरि पुन ः सिफारिस गनुपर्ने, छुटेका क्रियाशिल पत्रकारहरुलाई समेत समावेश गर्नुपर्ने, शुद्धीकरणमा ध्यान दिदै मुख्य पेशा पत्रकारिता नभएकाहरुको नविकरण गर्न नहुने र नेपाल पत्रकार महासंघको रत्ननगर चितवनमा भएको केन्द्रिय साधारण सभा र महासंघ चितवनको भवन निर्माणको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने रहेको छ ।
त्यस्तै पत्रकार महासंघ चितवन शाखाले शुद्धिकरणमा ध्यान नदिएको कारण केहि कृयाशिल पत्रकारहरु बाहिर रहेकोमा उनीहरुको माग संगसंगै पुरा गनुपर्ने पत्रमा उल्लेख छ । कार्यक्रममा वोल्दै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी,प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली र क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष सुर्य वरालले नेपाल पत्रकार पूर्वाग्राहि ढंगले महासंघको बिधान, बिधि र प्रकृया मिचि मनोमानी रुपले उपलब्ध गराएको सदस्यता र नबिकरण प्रकृया प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै माग पुरा नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिए ।
महासंघले गर्ने सवै कार्यक्रमहरुमा क्रियाशिल पत्रकारहरुको सहभागिता गराएर ध्यानाकर्षणमा पेश गरेका माग पुरा गरी तोकिएकै मितिमा अधिवेशन गर्न उनीहरुले माग गरेका छन् । यस्तै ध्यानाकर्षणपत्र बुझ्दै पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेरलले तीनवटा संगठनले राखेका मागहरु जायज भएकोले पुरा गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।

श्री अध्यक्षज्यू, मितिः२०७३÷११÷०९
नेपाल पत्रकार महासंघ,चितवन
ध्यनाकर्षण
आम पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ चितवन शाखाको पछिल्ला गतिविधि प्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले महासंघको आसन्न अधिबेशनलाई ध्यानमा राखेर पूर्वाग्राहि ढङ्गले महासंघको बिधान, बिधि र प्रकृया मिचि मनोमानी रुपले उपलब्ध गराएको सदस्यता र नबिकरण प्रकृया प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघले हाल उपलब्ध गराएको सदस्यतामा कृयाशिल पत्रकारहरुलाई सदस्यता नदिईनु, आस्थाका आधारमा सदस्यता बितरण हुनु र पत्रकारिता पेशामा आवद्ध नभएकाहरुलाई सदस्यता उपलब्ध गराउनु हाम्रा लागि स्वीकार्य छैन । यसै बिच नेपाल पत्रकार महासंघ चितवन शाखाले अपारदर्शी ढङ्गबाट मनोमानी रुपले गरेका सम्पूर्ण कृयाकलाप प्रति हाम्रो आपत्ती छ । महासंघ चितवनको यो रबैयाले आफ्नो साझा चरित्र गुमाएको हाम्रो ठम्याई हो ।
अतः हामीले उठान गरेका तपशिलका मागहरुको सम्बोधन गरी समयमै अधिवेशन गर्न आग्रह गर्दछौं अन्यथा हामी कडा आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौ ।
हाम्रा मागहरु यस प्रकार छन् ः
१. नेपाल पत्रकार महासंघ चितवनले हाल सिफारिस गरेका सदस्यहरु मध्ये केहिको मुख्य पेशा पत्रकारितामा नरहेको हुदाँ त्यसलाई वदर गरि पुन ः सिफारिस गर्ने र छुटेका क्रियाशिल पत्रकारहरुलाई समेत समावेश गर्नुपर्ने ।
२. शुद्धीकरणमा ध्यान दिदै मुख्य पेशा पत्रकारिता नभएकाहरुको नविकरण गर्न नहुने ।
३. नेपाल पत्रकार महासंघको रत्ननगर चितवनमा भएको केन्द्रिय साधारण सभा र महासंघ चितवनको भवन निर्माणको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने ।
४. नेपाल पत्रकार महासंघ चितवन शाखाले शुद्धिकरणमा ध्यान नदिएको कारण केहि कृयाशिल पत्रकारहरु बाहिर रहेकोमा उनीहरुको माग यससगैँ सम्बोधन गनुपर्ने ।

नारायण अधिकारी प्रकाश ज्ञवाली सूर्य बराल
(अध्यक्ष) (अध्यक्ष) (अध्यक्ष)
नेपाल प्रेस युनियन, चितवन प्रेस सेन्टर नेपाल, चितवन क्रान्तिकारी पत्रकार महासंघ चितवन
बोधार्थ ः
नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, काठमाडौँ
नेपाल प्रेस युनियन, केन्द्रिय समिति, काठमाडौँ
प्रेस सेन्टर नेपाल, केन्द्रिय समिति, काठमाडौँ
क्रान्तिकारी पत्रकार महासंघ, केन्द्रिय समिति, काठमाडौँ