७ बैशाख २०८१, शुक्रबार
Follow Us

राप्रपा अध्यक्षमा कमल थापा अत्याधिक बहुमतले निर्वाचित

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७३, सोमबार १४:००

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको छ ।
महाधिवेशनको पूर्वसंध्यामा राप्रपामा शीर्ष नेताहरुबीच कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको थियो । तर, डा. प्रकाशचन्द्र लोहनी पछि हटे र अध्यक्षमा लड्ने घोषणा गरे । डा. लोहनीले अन्तिम समयमा मैदान छाडे तर, उनी निकट राणाको उम्मेदवारी परपछि थापा सर्वसम्मत हुन सकेनन् ।

केन्द्रीय सदस्यको चुनाव भोलि
राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भने मतदान हुन बाँकी छ । भोलि विहान ७ बजेबाट मतदान हुने सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । ९८ केन्द्रीय सदस्यका लागि साढे ३ सय बढीको उम्मेदवारी परेको छ ।