१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रेडक्रस सहयोग समितिको साधारणसभा

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७३, मंगलवार ०६:२८

चितवन । नेपाल रेडक्रस सोसाईटी सहयोग समिति चित्रवन–७ गुञ्जनगरको दोस्रो साधारणसभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी चितवनका सभापति ज्ञानशाली न्यौपाने प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सूर्यनाथ अधिकारी विशिष्ट अतिथि हुनुहुन्थ्यो । समितिका सचिव हरिप्रसाद अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष हरिकृष्ण सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समितिका संयोजक हरिराज अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हिरादेवी गुरुङ, पुण्यदेवी ढकाल, गोविन्द ढकाल, भरत ढकाललगायतले बोल्नुभएको थियो ।