६ चैत्र २०८०, मंगलवार
Follow Us

मधेसी मोर्चाद्वारा सर्बदलीय बैठक बहिस्कार

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७३, मंगलवार १०:२१

काठमाडौं । १५ दिनपछि बस्न लागेको संसद बैठक स्थगित हुन साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आहृवान गरेको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गरेको छ । वैशाख ३१ मा स्थानीय चुनाव गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले सर्बदलीय बैठक बोलाएका हुन । तर, मधेसी मोर्चाले भने बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । मोर्चासँगै थरुहट तराई पार्टी र नयाँ शक्ति पार्टीले पनि बैठक बहिस्कार गरेको छ । चुनाव घोषणाको विरोध गर्दै मधेसी मोर्चाले आन्दोलन घोषणा पनि गरेको छ ।