६ चैत्र २०८०, मंगलवार
Follow Us

ग्रेटर रेडिंग नेपाली समाजको नबौँ महाधिबेशन

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७३, मंगलवार ११:१५

लन्डन । आउँदो मार्च २५ मा रेडिंगको रातो कार्पेट सभागृहमा ग्रेटर रेडिंग नेपाली समाजको नबौँ महाधिबेशन हुने भएको छ । उक्त महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । नयाँ कार्यसमितिको गठन प्रक्रियालाई सहजता प्रदान गर्न एक निर्बाचन कमिटी पनी गठन गरिएको कुरा संस्थाका महासचिव ओमकार अधिकारीद्वारा जारी सुचनामा जनाईएको छ । निर्बाचन कमिटीको संयोजक संस्थाका पुर्ब अध्यक्ष तथा सल्लाहकार महेश गुरुंग र सदस्यहरुमा पुर्ब अध्यक्ष तथा सल्लाहकार अर्जुन बस्नेत लगाएत अन्य सल्लाहकार तथा समाजसेवी बेद लावती र राजेन्द्र श्रेष्ठ तथा पत्रकार दधिराज घिमिरे हुनुहुन्छ । कार्यसमितीमा बसेर समाजसेवा गर्न चाहने आंकांक्षीहरुको संख्या बिधानत तोकिएको पद संख्या भन्दा बढि भएको खण्डमा सहमतीका साथ सर्ब सम्मत गराऊने प्रयास गरिनेछ तर सर्ब सम्मत हुन नसकेको खण्डमा संस्थाको बिधान बमोजीम स्वतन्त्र निर्बाचन गराईने कुरा निर्बाचन समितीका संयोजक श्री महेश गुरुंगले जानकारी दिनु भयो ।
संस्थाका अध्यक्ष मानबहादुर गुरुंगको दुई बर्षिय कार्यकाल आगामी मार्च महिनामा समाप्त हुँदैछ भने ऊहाँले अर्कों कार्यकालको लागी कुनै पदमोह नदेखाऊनु भएको र बर्तमान ऊपाध्यक्षहरु बाटै नयाँ अध्यक्ष चयन हुने कुरामा आँफु बिश्वस्त भएको कुरा ब्यक्त गर्नु भएको छ ।
रेडिंग नेपाली समाज रेडिंग बासी संपुर्ण नेपालीहरुको साझा संस्था भएको र यस संस्थामा कुनै पनी जातीय ,धार्मिक र भौगोलिक तथा राजनैतिक आस्थाका कारण भेदभाब नहुने भएको कारण संपुर्ण रेडिंग बासी नेपालीहरुको बिचमा निकै लोकप्रिय बन्दै गईरहेको छ । यस संस्थाले नेपालमा भूकम्प बाट क्षतिग्रस्त भएको स्कूल पुनर्निर्माण गर्ने देखी स्थानीय रुपमा बिभिन्न स्वास्थ्य तथा परोपकार संबन्धि कामहरु गर्दै आईरहेको छ । सन् २००१ मा स्थापित यस संस्थाको बर्तमान आठौँ कार्यसमितीले अब हुन गैरहेको नबौँ महाधिबेशनमा नयाँ कार्यसमितीको चयन गरी आफ्नो कार्यभार हस्तान्तरण गर्ने योजना बनाएको छ ।
। समाजका महासचिब ओमकार अधिकारीका अनुसार नयाँ कार्यसमितीको चयन प्रकियामा भाग लिनको लागी 15th मार्च 2017 सम्ममा समाजको सदस्यता लिई सकेको हुनु पर्नेछ र सदस्यका बितरण कार्य तिब्र गतिमा अगाडि बढाईएको छ ।
समाजको साधारण सदस्यता शुल्क £५ रहेको छ भने आजिबन सदस्यता शुल्क £५१ छ तर श्रीमान वा श्रीमतीको हकमा भने £१० थप तिरेर आजीबन सदस्यता लिन सकिने प्राबधान रहेको छ ।
सँस्थाको नयाँ अध्यक्ष पदको लागी बर्तमान ऊपाध्यक्ष कृष्ण न्यौपानेको नाम सबै भन्दा अगाडि रहेको छ भने ऊपाध्यक्षमा भिमसेन खड्का र सुसिला गुरुंगको नाम चर्चामा छ । आगामी नयाँ बर्ष २०७४ को पुर्ब सन्ध्यामा हुन गैरहेको यस अधिबेशनलाई रेडिंग बासी नेपालीहरुले निकै चासो र ऊत्साहका साथ हेरिरहेका छन् र महाधिबेसनमा संपुर्ण रेडिंग बासीहरुले सक्रिय रुपमा भाग लिने अपेक्षा गरिएको छ।