६ चैत्र २०८०, मंगलवार
Follow Us

मधेसमा सिके राउत, पहाडमा बिप्लप माओवादी

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७३, मंगलवार १४:१९

काठमाडौं । मधेशमा सिके राउतले उद्युम मच्चाउन थालिसकेका छन् । सिके राउत मधेस देशको नारा लगाएर अखण्ड नेपालको विभाजनको आगो फुकिरहेका छन् । दिनदिनै सिके राउतका प्रचारकहरु पक्राउ पर्ने र छाड्ने गरिएका छन् । पक्राउ गर्नु र छाड्नु मात्रले राउतको विभाजनकारी राजनीतिको अन्त हुन सक्दैन । राउतका विपक्षमा मधेसी मोर्चाका दलहरुले पनि चुँइक्क नबोल्नु र आफ्ना कार्यकर्ताहरुलाई राउतकै पक्षमा प्रचारक बनाउनुले पनि मधेस टुक्य्राउन ठूलै षडयन्त्र भइरहेकोमा अव शंका व्यापक हुन थालेको छ । यही सुइँको, सुराक पाएर सेनाले मधेसमा उपस्थिति बाक्लो बनाएको छ ।
उता नेकपा माओवादी रोल्पाबाट फेरि बिद्रोहको आवाज उकेल्दै अर्को जनक्रान्तिको बिगुल बजाउन निर्णयमा पुगेको छ । संसदीय सत्तामा बस्नेहरु दलाल हुन्, विदेशपरस्त हुन् भन्दै माओवादीले बैकल्पिक सरकार चलाउने र जनताको सेवा गर्ने भन्दै संसदवादलाई असफल पार्ने धरापका रुपमा खडा हुने निर्णय गर्नुले आगामी माघ ७ भित्र हुनै पर्ने संवैधानिक बाध्यताहअनुरुप निर्वाचन होला भन्ने संशय उठाइदिएको छ ।
यसरी मधेसमा सिके राउत र पहाडमा विप्लव अर्थात् नेकपा माओवादी संसदवादीको विरुद्धमा खडा भइसक्दा सरकार मौन देखिएको छ । न्यायाधीश, प्रहरी प्रमुखको नियुक्ति तथा राजदूतमा समेत राजनीतिक भागबण्डा चलाएर संसदवादीले विरोधी र बिखण्डनबादीलाई बोल्ने र विद्रोह गर्नेलाई मैदान उपलव्ध गराइदिएका छन् । राजासहितको प्रजातन्त्र खोज्ने विशेषज्ञहरु भन्छन्– संसदवादीकै चरित्रहीनता, असफलता र अकर्मण्यताका कारणले सिके राउत र माओवादीहरु बढ्ने अढाउने काम गरिरहेको छ ।