१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय युवा नायक अवार्ड पाए थापाले

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७३, बुधबार १०:०१

टोकियो । विभिन्न विधामा उत्कृष्ट भएका आधारमा गरिने राष्ट्रिय नायक अवार्डबाट जापानमा एक नेपाली सम्मानित भएका छन् । सामाजिक काममा सक्रिय भएर उत्कृष्ट भएको भन्दै जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा नायक अवार्डबाट पहिलोपटक नेपाली युवा ३७ वर्षका जिज्ञानकुमार थापा सम्मानित भएका हुन् ।
नेपाली नागरिक भएर पनि जापानबाट सामाजिक काममा उष्कृष्ट योगदान पु¥याएको भन्दै थापासहित अन्य चारजना जापानी नागरिकलाई मङ्गलबार साँझ टोकियोको सहायक पर्यटकीय व्यापारिक केन्द्र मानिने रोप्पोंगीमा एक कार्यक्रमका बीच युवानायक अवार्ड प्रदान गरिएको थियोे ।
सन् २००० मा अध्ययनका लागि काठमाडौँबाट जापान आएका थापा गैरआवासीय नेपाली सङ्घको सल्लाहकार र नेपाल जापानको सम्बन्ध विकासमा सहयोगी तथा भूकम्पप्रभावित नेपाली बालबालिकालाई कुखुराको फुल कार्यक्रम चलाउँदै आउनु भएको छ ।
‘सामाजिक काममा उष्कृष्ट योगदान पु¥याएको’ लेखिएको अवार्ड पाएपछि थापाले सामाजिक दायित्वमा जिम्मेवारी थपिएको अनुभव भएको भन्दै सम्मानले नेपाल र नेपालीको हौसला बढेको बताउनुभएको छ ।
सम्मानित भएपछि जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्ट, गैरआवासीय नेपाली सङ्घ, जापानका अध्यक्ष सुदन थापासहित जापानस्थित विभिन्न सङ्घसंस्थाले बधाई दिएका छन् ।
विगत सात वर्षदेखि प्रदान गर्दै आएको राष्ट्रिय युवा अवार्ड ८ औँ वर्षमा आउँदा प्रदान गरिने विधालाई परिमार्जन गरी पहिलोपटक नेपाली युवा थापासहित अपाङ्ग भएर पनि सबलाङ्ग सरह योगदान पु¥याएको भन्दै ३६ वर्षीय स्थानीय महिला ओदा युरिको योउइची सम्मानित हुँदा धेरैजना अचम्भित भएका थिए ।
जापानको युवा विकास सङ्घ नामक संस्थाले स्थापना गरेको अवार्ड ७ वर्षसम्म अनौठो मानिएको विवाहित जोडी र विदेशी नागरिकलाई सम्झना गरिएको थिएन । अनौठो विवाहितजोडिलाई अपाङ्ग भएर पनि विचारमार्फत समाज परिवर्तनमा सफल रहेको भनिएको थियो ।
सम्मानित भएकी योेउइची आफूले एक्लै खान, पिउन तथा कपडा लगाउन र हिँडडुल गर्न सक्दिनन् । युवा नायक अवार्ड वितरण कार्यक्रममा प्राप्त गरेको अवार्ड र माइक समाउन पतिलाई सहायक बनाएकी थिइन् । केही गर्न नसक्ने मलाई माया गर्ने सबलाङ्ग पतिलाई मञ्चबाटै खोज्न आग्रह गर्दा धेरै मानिस भावुक पनि देखिएका थिए ।
बाँच्नका लागि गरेको योउइचीको साहस र नेपाली युवाको जागर तथा अन्य विधामा उत्कृष्टताका आधारमा ३४ वर्षका हानायागी कोतोओमी, ४० बर्षका फुजीसावा रेचु र ४२ वर्षीय इवाफु युकालाई पनि युवानायक अवार्ड प्रदान गरिएपछि जापानी सामाजिक सञ्जालमा धेरैले बधाई दिएका छन् ।
– प्रकाश पन्थी