१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन जापानका सल्लाहाकार थापा राष्ट्रपतिद्धारा सम्मानित

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७३, बुधबार १२:२९

काठमाण्डौं । गैरआवासीय नेपाली संघ जापानका सल्लाहाकार चिरन्जिबी थापा राष्ट्रपतिद्धारा सम्मानित भएका छन् । थापालाई राष्ट्रिय विकासमा बिभिन्न क्षेत्रबाट योगदान पुराउने व्यक्तित्व अन्र्तगत राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी हुन् । उनीसंगै डा. कल्याणराज शर्मा, डण्डपानी कँडेल समेत सम्मानित भए ।

संगीतकार नातिकाजी श्रेष्ठको ९१ औं स्मृति दिवस सन्दर्भ पारी आइतबार राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले शारदाविक्रम बस्न्यातलाई विशिष्ट स्रष्टा सम्मान, गायक दीप श्रेष्ठ, संगीतकार शिलाबहादुर मोक्तान र गीतकार उषा शेरचनलाई नातिकाजी संगीत पुरस्कार अर्पण गरिन् । नातिकाजी नवप्रतिभा संगीत पुरस्कारचाहिँ गायक विश्व नेपालीले पाए । सम्मानित र पुरस्कृत सबैले जनही एघार हजार एक सय एघार रुपैयाँ र सम्मानपत्र पाए ।
16900222_10212513212488791_371408851_n
नातिकाजी विशेष सम्मान भने पीएल श्रेष्ठ, इन्दिरा श्रेष्ठ, प्रेमविनोद नन्दन र श्रीपुरुष ढकालले पाए । नातिकाजी स्मृति समाजले गरेको कार्यक्रममा ध्रुवकुमार श्रेष्ठ, सुनील शर्मा र ठाकुरप्रसाद ढुंगानालाई प्रशंसापत्र दिइएको थियो । राष्ट्रपति भण्डारीले स्व। नातिकाजीद्वारा संगीतबद्ध देशभक्ति गीतहरूको एल्बम पनि लोर्कापण गरिन् । ‘स्रष्टाहरू राष्ट्रका अमूल्य निधि र सम्पत्ति हुन्,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाली गीत, संगीत क्षेत्रका स्रष्टाहरूको सम्मान गरेर नातिकाजी स्मृति समाजले स्तुत्य कार्य गरेको छ ।’

वरिष्ठ गीतकार यादव खरेल, श्रीपुरुष ढकाल, समाजका अध्यक्ष तथा संगीतकार शम्भुजित बाँस्कोटा लगायतले नातिकाजीको योगदानबारे चर्चा गरे ।