१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राप्रपाः पन्ध्र केन्द्रीय सदस्यमा मनोनीत

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७३, बिहीबार ०६:३१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम आज १५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । पार्टीका मुख्यसचिव विश्वेश्वर शर्मा सुवेदीका अनुसार मनोनीत हुनेमा दीपक बोहरा (रुपन्देही), नवराज सुवेदी (रामेछाप), हरिबहादुर बस्नेत (उदयपुर), टङ्कप्रसाद ढकाल (भोजपुर), रामकुमार सुब्बा (सुनसरी), दिलनाथ गिरी (सङ्खुवासभा) र नरेन्द्र चौधरी (सुनसरी) हुनुहुन्छ । त्यस्तै रामचन्द्र राय (सर्लाही), भीमप्रसाद गौचन (म्याग्दी), रामकृष्ण भट्टराई (मोरङ), उद्धव पौडेल (काठमाडौँ), चन्द्रबहादुर गुरुङ (कैलाली), राम थापा (झापा), नरेन्द्रबहादुर चन्द (बैतडी) र गीता बस्नेत (बर्दिया)लाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।