७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७३, बिहीबार ०६:५४

काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले सरकारले गरेको स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गरेको छ । बिहीबार बिहान नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा राजनीतिक दलहरूको भागबण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता गरियोस् भनेर उल्लेख गरिएको छ ।
अध्यक्ष यादव गत आइतबार दिल्ली भ्रमणमा गएका थिए । यादव दिल्लीबाट फर्केपछि नयाँशक्तिका संयोजक डा. भट्टराईले संयुक्त रुपमा विज्ञप्ति निकालेर निर्वाचनको मिति घोषणा फिर्ता लिन आग्रह गरिएको हो । यो घटनालाई नेपाली राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनीहरुले स्थानीय तह प्रदेश मातहत रहनुपर्ने र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्न पनि माग गरेका छन् । सरकारले गत सोमबार वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको थियो ।
press-release_1