१२ बैशाख २०८१, बुधबार
Follow Us

फोनबाट एक करोड फिरौती रकम माग्ने पक्राउ

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७३, बिहीबार १०:४२

काठमाडौं । मुकुल फाईनान्स लिमिटेडका सञ्चालकसंग ठूलो रकम असुल गर्ने उद्देश्य राखी विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाली मुकुल फाईनान्सका सञ्चालकलाई फोन तथा एसएमएस गरि धाकधम्की दिइ डर त्रास देखाइ एक करोड रुपैयाँ माग्नेलाई प्रहरीले पक्राउ गरेको छ । माग गरि माग गरेको रकम नदिए अपहरण गरी ज्यान मार्ने समेतको धम्कीदिने कार्यमा संलग्न जिल्ला धादिङ, जिवनपुर गाविस-५ स्थायी वतन भई हाल का।जि।का।म।न।पा। नयाँबजार बस्ने विदुर पौडेललाई अपराध महाशाखाको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो ।