१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेस नेत्री एमाले प्रवेश

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७३, बिहीबार १३:४१

काठमाडौं । नेपाली काँग्रेस रसुवाका पूर्वजिल्ला सदस्य सीता अधिकारी आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । उहाँलाई एमालेका महासचिव ईश्वर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउनुभएको हो । ‘एमालेले हाल लिएको राष्ट्रवादी अडान सही भएकाले’ आफू पार्टी प्रवेश गरेको अधिकारीले बताउनुभयो । महासचिव पोखरेलले एमालेका पक्षमा देशव्यापी जनलहर पैदा भएको जिकिर गर्दै पार्टी नेपाली जनताका प्रतिनिधिले जारी गरेको संविधान कार्यानवयनको पक्षमा दृढतापूर्वक उभिने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनका नाममा औचित्यहीन प्रस्ताव स्विकार्न सकिँदैन, संविधान जलाउने र च्यात्ने तथा संविधानको आत्मा मार्ने काम गर्न पाइँदैन, एमाले त्यसको विपक्षमा छ ।”
एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले अधिकारीलाई अखिल नेपाल महिला सङ्घमा उचित जिम्मेवारी दिइने जानकारी दिनुभयो । अधिकारी काँग्रेस निकट महिला सङ्घका जिल्ला सचिव पनि हुनुहुन्थ्यो ।