८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल एयरलाइन्सको उडिरहेको जहाज लिलाममा

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७३, बिहीबार १४:२६

काठमाडौं । उडिरहेको बोइङ ७५७ लिलाममा निकालिएको छ । नेपाल एयरलाइन्स सञ्चालक समितिले कम्तिमा १७ करोडबाट बोल कबोल निकालेको छ । बढीमा किन्न चाहने को निस्कन्छ भन्न सकिन्न । तर यो जहाजको कौडीका मोलमा लिलाम निकालिएको हवाई विज्ञहरुले बताएका छन् । स्मरणी छ, यही जहाजको जोडा जहाज १८ वर्ष पहिले लिलाम गरियो, जुन जहाज अहिले पनि अफ्रिकामा उडिरहेको छ । २ थान वाइड बढी जहाज किन्न सञ्चयकोषले पैसा दिएपछि बैना पठाउनासाथ यो जहाज लिलाममा निकालिएको हो ।
यो सबै कमिशनको खेल भ्रष्टाचारीहरुको झेल भनेर निगमभित्रै हल्लाखल्ला चलिरहेको छ । यही हप्ता यो जहाजको टेण्डर लिलामको नोटिस खुल्छ । सकार्नेले यो जहाज लिएर जानेछ । निगम भन्छ : जहाज पुरानो भो, मर्मत खर्च बढी भो, त्यसैले बेच्न लागेको हो । तर, निगम स्रोतका अनुसार एयरवस खरिद गरेकोले पुरस्कार स्वरुप युरोपमा कालोसूचीमा परेको निगमको कालोसूची हटाइदिने र बोइङ विस्थापन गररे नेपालमा एयरवस भित्र्याउनेले बोइङको टेन्डर सकार्ने पार्टीसमेत एयरवसका एजेन्टले नै खोजिदिने भएका छन् । यसबापत ठूलो कमिशनको खेल भित्रभित्रै चलिरहेको छ, टेण्डर मिलिभगतमा हालिनेछ ।
स्रोतका अनुसार बोइङ बेच्नै पर्ने भए खुला रुपमा लिलाम बढाबढ गरेको भए पर्याप्त मूल्य माइने थियो । न्यूनतम मूल्य तोकेर टेन्डर आह्वान गर्नु नै कमिसनका लागि हो । कौडीका भाउमा बोइङ अरुले लैजाने निश्चित देखियो । १७ करोडमा ट्वीअटर जहाज आउने अवस्था छैन, नेपाल जेट बेच्दैछ । अहिले नै यो जहाजको मूल्य आधा मोलमा बेच्दा पनि ७ अर्ब आउनुपथ्र्यो तर पर्यटनदेखि नेपाल एयरलाइन्सका बोर्ड मेम्बरहरु मिलेर १७ करोडमै बेच्ने भित्री रणनीति बनाएका छन् ।
हालै एकजना बोर्ड मेम्बर त नक्कली कर्मचारी भर्ति काण्डमा फसेका व्यक्तिसमते नियुक्त भएका छन् । उनको नियुक्तिको मूल्य नै २ करोड भएको एक कर्मचारीले बताए । नेपाल एयरलाइन्स फेरि डुब्नेभो ।
भन्नलाई जसले बढी मोल दिन्छ, उसैलाई बेच्ने हो भनिन्छ । तर सुगतरत्न कंसाकार जो कार्यकारी छन्, उनको उठबस र वार्तालाप एजेन्टहरुसँग भइरहेको छ र सस्तैमा दिलाई दिने आश्वासन दिइरहेका छन् । एकस्रोतका अनुसार यो जहाज यतिबेला ग्राउण्डेड छ र यसका महँगा पार्टपूर्जा धमाधम चोरी गर्दै दलालमाफर्त बिक्री हनु थालका छन् । जहाजको सुरक्षामा समेत ध्यान दिन नसक्ने बोर्डले जहाज बेचेर र नयाँ जहाज किनेर लण्डनसम्म चलाउने सपना बाँडिरहेको छ । किन्न सजिलो छ, त्यसको हिफाजत र व्यवस्थापन गरेर चलाउन मुस्किल छ ।