१४ बैशाख २०८१, शुक्रबार
Follow Us

थालेसीमीयाका विरामीलाई सहयोग

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७३, शुक्रबार ०५:३७

चितवन । चितवन सहायता कोष बेल्जीयमले चितवनका थालेसेमीयाका वीरामीहरुलाई आर्थिक सहयोग गरेका छन् ।
थालेसेमीयाकी विरामी जीना चौधरी र अनिल राईले शरिरमा सुगरको मात्रा बढि भएका कारण भरतपुर अस्पतालको सघन कक्षमा उपचार गर्नु परेको थियो । उपचारमा सहज होस् भनेर क्याट बेल्जीयमले १६ हजार१ सय १५ सहयोग रकम पठाएको थियो । विगत ७ वर्षदेखि भरतपुर अस्पतालमा उपचार गरारहेका विरामीहरुका लागि क्याट बेल्जीयम वार्षिक १ लाख ६० हजार सहयोग पठाउने गरेको क्याट बेल्जीयमका अध्यक्ष दिनेस भन्डारीले जानकारी दिनुभयो । थालेसीमीयाका विरामीहरु सघन उपचार कक्षमा राखेर उपचार गर्नु परका कारण क्याट बेल्जीयमका साथीहरुको केहि रकम सहयोग पठाएको अध्यक्ष भन्डारीले बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा विरामीका अभिवावकहरु भरतपुर अस्पतालका सामाजीक सेवाका प्रमुख गोपाल भन्डारी , क्याट चितवनका अध्यक्ष ,राजेन्द्ध पौडेल ,सचिव सृजना अर्याल ,कोषाध्यक्ष विजया रेग्मी लगायतको उपस्थिीति रहेको थियो । सघनकक्षमा उपचार गरारहेका थालेसीमीयाका विरामी हरुका लागि अस्पतालको सामाजीक सेवा इकाईबाट औषधीका साथै अन्य धेरै सहुलीयत गरेको इकाई प्रमुख गोपाल प.्रपौडेलले बताउनु भयो सघन उपचारका लागि बेड चार्ज लगायत अन्य सहयोग अस्पतालले गरेको क्यास चितवन.का अध्यक्ष राजेन्द्ध पौडेलले जानकारी दिनु भयो । भरतपुर अस्पतालमाा हाल ५० भन्दा बढि थालेसीमियाका विरामीले उपचार गर्ने गरेका छ्न् ।