७ बैशाख २०८१, शुक्रबार
Follow Us

पैतालामा स्वस्तिक बनाएपछि सोफिया विवादमा (तस्बिरसहित)

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७३, शुक्रबार ०६:२४

लन्डन । बिग बोसको पूर्वप्रतियोगीसमेत रहेकी बेलायती अभिनेत्री सोफिया हायत विशेषतः फिल्म कम विवाद बढी विशेषता बोकेकी नायिका हुन् । सोफियाले हालै दुईवटा टाँटु खोपाएपछि पछिल्लो समय विवादमा तानिएकी छन् । उनले सामाजिक सञ्जाल इस्टाग्राममा ती टाटुसहितको तस्बिर राखेपछि विवाद सुरु भएको हो । उनले पैतालामा हिन्दू धर्मको शुभसंकेत मानिने स्वस्तिक र पाखुरामा उर्दु शब्दमा अल्लाह शब्द लेखाएकी छन् ।
_94808948_1
उनको यी विवादस्पद गतिविधि सामाजिक सञ्जालमा सीमित छैनन् । अम्बोली प्रहरी स्टेशनमा हिन्दू र मुसलमानको धार्मिक भावनामा ठेस पु¥याएको भन्दै सिकायत दर्ता गरिएको छ । समस्या गम्भीर रुपमा चर्किदै गएपछि अभिनेत्री हायत यतिबेला मोबाइल सुइच गरेर बसेकी छन् ।
इस्टाग्राममा एउटा भिडियो अपलोड गर्दै भनेकी छन्, ‘म ब्रह्माण्डकी आमा हुँ, भगवान बुद्धको पैतालामा पनि स्वास्तिक थियो । म बुद्धलाई सम्मान गर्छु । स्वास्तिक दैविय चिन्ह हो । देवत्व सबैभित्र हुन्छ । जसलाई यसबारे आपत्ति छ, उसले आफ्नो रिस नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ ।
_94808422_11