१६ चैत्र २०८०, शुक्रबार
Follow Us

किम जोङ नमको हत्यामा भीएक्स नर्व एजेन्ट रसायनको प्रयोग

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७३, शुक्रबार ०६:२६

लन्डन । भीएक्स नर्व एजेन्ट एउटा यस्तो रसायनिक हतियार हो, जसको सम्पर्कमा आउने वित्तिकै ज्यान जानसक्छ । उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नमको कोलाम्पुरमा हत्या हुँदा त्यही भीएक्स नर्व एजेन्ट को प्रयोग भएको थियो । नमको हत्या १३ फेब्रअरीमा कोलाम्पुरको हवाइ हड्डामा उडान पर्खाइमा थिए । त्यसैबेला दुई महिलाले उनको अनुहारमा केही पोतिदिएका थिए ।
हवाइ हडडाबाट अस्पताल लैजाँदै गर्दा नमको मृत्यु भएको थियो । मलेसियाका अनुसन्धानकर्ताका अनुसार नमको हत्यामा भीएक्स नर्व एजेन्टको प्रयोग भएको थियो ।

के हो भीएक्स नर्व एजेन्ट
भीएक्स नर्व एजेन्टलाई संयुक्त राष्ट्र संघले सामूहिक हत्यामा प्रयोग गर्ने रसायनिक हतियार भनेको छ । यो संसारकै विषालु रासायिनक हतियार हो । यो सेतो र तरल पदार्थ हो । यो रंगहीन र गन्धहीन हुन्छ । यो त्वचाबाट भित्र जान्छ र तन्त्रिकामार्फत सन्देश जान रोक्छ । त्वचामा पर्ने वित्तिकै यसको असर देख्न सुरु हुन्छ । यसको सानोभन्दा सानो औष आँखामा परेपछि यति धेरै दुख्छ, केही देखिँदैन, विस्तारै उल्टीको समस्या सुरु हुन्छ ।
यसलाई स्पे्र गर्न वा वाफजस्तै बनाएर फैलाउन सकिन्छ । यो खाने वस्तु वा पिउने पानी वा कृषि उत्पादनमा समेत मिसाएर विषको रुपमा प्रयोग गर्न सकिन्छ । यसले श्वास र त्वचाको सम्पर्कमा आउने वित्तिकै आँखाको माध्यमबाट शरीरमा पुग्न सक्छ । वाफको माध्यमबाट भीएक्स नर्व एजेन्ट सम्पर्कमा आएको आधा घण्टासम्म कपडामा रहन सक्छ । त्यसबाट पनि मानिसलाई संक्रमित गराउन सकिन्छ । यो सन् १९९३ मा भएको केमिकल विपन्स सम्मेलनदेखि भीएक्स नर्व एजेन्टको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो ।