१९ बैशाख २०८१, बुधबार
Follow Us

‘लुट २’ लिएर दयाहाङ र सौगात बेलायतमा

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७३, शुक्रबार ०९:२८

लन्डन- बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन गइरहेको ‘लुट २ ’ को लन्डन प्रिमियरको लागि नायकद्धय दयाहाङ राई र सौगात मल्ल बेलायत आइपुगेका छन्। विहीवार लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै कलाकारद्धय यहाँ आयोजित पत्रकार सम्मेलमा सहभागि भए। पत्रकार सम्मेलनमा बोल्दै दयाहाङ राईले लुट २ ले दर्शकहरुको मन जित्ने बताए। उनले अन्य मुभिको तुलनामा लुट २ प्रति दर्शकको धेरै ठूलो अपेक्षा रहेको बताउँदै विगत ४ बर्ष देखी नेपाली फिल्म व्यवसाय विश्व बजार तिर उन्मुख हुँदै सफलता साथ अगाडि बढी रहेको बताए। राईले ‘लुट’ को सिक्वेल चलचित्र लुट २ भएकाले दर्शकहरुले लुट चलचित्रकै नजरमा चलचित्र हेर्न सिनेमा घरमा आउन दर्शकहरुलाई आग्रह गरे।

नायक सौगात मल्ल (हाकु काले) ले लुट २ निकै स्तरिय फिल्म बनेको बताउँदै लुट भन्दा लुट २ ले व्यवसायीक रुपमा सफलता हासिल गर्ने दावी गरे।

पत्रकार सम्मेलनमा लुट २ बेलायतका बिभिन्न शहरमा प्रर्दशनी गरिने आयोजक गोर्खा वरियर्सले जनाएको छ।

निश्चल बस्नेत निर्देशित ‘लुट २’ को आइटम गीत लाइदिउँला चोखो पियार, लैजाउ घुमाउन मलाई ठमेल बजार‘ अहिले निकै हिट छ।

आयोजकका अनुसार २५ फेब्रोअरीमा अल्डरसटको प्रिन्सेस हलमा समेत प्रदर्शन हुँदैछ। त्यसैगरि, ४ मार्चमा आसफोर्ड केन्टमा प्रदर्शनको तयारी छ।

गोर्खा वरियर्सले प्रस्तुत गर्न लागेको उक्त फिल्मको लन्डनस्थित ह्यारो सिनेमा हलमा ५ मार्चमा हुने प्रिमियरका अवसरमा नायकद्वय सहभागिता हुने भएका छन्।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्म शाक्य, रिचा शर्मा, बिपीन कार्की, प्रवीन खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपानेको मुख्य भूमिका छ।
16976288_10154259280018639_1664176064_n