१४ बैशाख २०८१, शुक्रबार
Follow Us

माओवादी नेता नारायणकाजी श्रेष्ठ बेलायत आउने

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७३, शुक्रबार १३:१४

लन्डन । नेपाली जनप्रगतिशिल मञ्च, बेलायतको तेश्रो एकता अधिवेसन आगामी १२ मार्च २०१७ का दिन अल्डरसटको एम्पायर हलमा हुने भएको छ । सम्मेलन तयारीका लागि गत फेब्रुअरी १९ मा बसेको बैठकले १९९ सदस्यीय मुल आयोजक समिति निर्माण गरेको छ ।
बैठकले विभिन्न उपसमितिलाई अधिकार प्रत्यायोजन गरि अधिवेशन सफल बनाउन बेलायतबासी सबैलाई निमन्त्रणा गरेको छ ।
सम्मेलनमा प्रमुख आतिथ्य ग्रहण गर्न नेपालबाट नारायणकाजी श्रेष्ठ बेलायत आउने कार्यक्रम छ ।
नेपाली जनप्रगतिशिल मञ्च, बेलायत (एनपिपिएफ यूके) को तेश्रो एकता सम्मेलन सफल पार्न निम्न व्यक्तिलाई जिम्मेवारी दिइएको छ जसमा मुल आयोजक समिति संयोजक सुरेश गौतम, सदस्यहरु रण केसी, मानबहादुर गुरुङ, महेन्द्र कंडेल, हरी पन्त, अरुण थापा, भवानी घिमिरे, पार्वती पाण्डे, ठाकुर शर्मा, मनोज अन्जान, फुलप्रसाद कंडेल, हरिकृष्ण पौडेल, कपिल श्रेष्ठ, दिपक गुरुङ, विसन गुरुङ, हिरा पुन, तेन्जी लामा, डा. हरि तिमल्सिना, 
गंगा खरेल, प्रदिप दाहाल, प्रबिन दाहाल, भेष थापा, बिलास लामिछाने, मिनु श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, दधिराज घिमिरे, कर्ण शाही, पूर्ण लक्सम, पदम राई, कपिल श्रेष्ठ, निर्मला लिम्बु र इश्वर श्रेष्ठ छन् ।
उपसिमितिहरुमध्ये हल तथा खाना व्यवस्थापन संयोजक कपिल श्रेष्ठ र सदस्यहरुमा राम लिम्बु, फुलप्रसाद कंडेल र बिनोद ज्ञवाली छन् । प्रचार प्रसार उपसमिति संयोजकमा रण केसी र सदस्यहरुमा भवानी घिमिरे, मिनु श्रेष्ठ तथा निर्मला लिम्बुलाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरि, आर्थिक उपसमिति संयोजकमा ठाकुर शर्मा र सदस्यहरुमा हरि पन्त एवं श्याम शेरचन छन् । सुरक्षा तथा 
स्वयंसेवक परिचालन उपसमिति संयोजकमा मान गुरुङ र सदस्यहरु कल्पना आङबुहाङ, हिरा पुन, राजेन्द्र गुरुङ र जिवन सेनलाई जिम्मा दिइएको छ । सांस्कृतिक तथा मनोरञ्जन उपसमिति संयोजक मनोज अन्जानलाई तोकिएको छ भने सदस्यहरुमा टिका गौचन र मिनु श्रेष्ठ छन् । अतिथि सत्कार संयोजक कल्पना आङबुहाङलाई बनाइएको छ । 
संघसंस्था समन्वय गर्न सुरेन्द्र श्रेष्ठ र दिलिप महासेठ तथा कार्यक्रम सञ्चालनका लागि मनोज अन्जान र ठाकुर शर्मालाई जिम्मा दिइएको संगठनले जनाएको छ ।
क्षेत्रीय समिति निर्माण तथा कार्यक्रम स्थलमा उच्च जनसहभागिताका लागि लन्डन प्लमस्टिडबाट हरि पन्त, अरुण थापा, विनोद ज्ञवाली, फुलप्रसाद कंडेल, लन्डन हयारोबाट मनोज अन्जान, ठाकुर शर्मा र निर्मला लिम्बु, केन्टबाट मिलन लिम्बु, पदम राई, रेडिङबाट विलास लामिछाने, बिसन गुरुङ र दिपक गुरुङ, साउथहयाम्टनबाट मान गुरुङ, राजन पाण्डे, कृष्ण सिम्खडा, धन गुरुङ, साउथहल/स्लाउबाट मिनु श्रेष्ठ, नटिङहामबाट रण केसी र कर्नवालबाट इश्वर श्रेष्ठ छानिएका छन् ।
नेपालको लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि बेलायती भूमिबाट सशक्त आन्दोलन गर्ने प्रवासीहरुको पहिलो र 
क्रन्तिकारी संगठनका रुपमा आफ्नो संगठन स्थापित भएको दावी गर्दै संयोजक सुरेश गौतमले संगठनको ग्लोवल समन्वय परिषद निर्माणको गतिसंगै यसको नाम नेपाली जनप्रगतिशिल मञ्च, बेलायत परिवर्तन गरिएको जनाए ।
निकट भविष्यमा ग्लोबल अर्गनाइजेसनमा रुपमा विकास 
गर्ने लक्ष्यका साथ संसारभरका मञ्चहरुको एउटै नाम गराउने सिलसिलामा नाम परिवर्तन गरिएको गौतमले प्रष्टयाए ।
‘विगतमा प्रवासमा रहेर नेपालको राजनीतिक आन्दोलनलाई नजिकबाट सहयोग र समर्थन गर्दै आएको यो संगठन आगमी दिनमा नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानमा प्राप्त उपलव्धिहरुको रक्षा र बांकी कार्यभार पुरा गर्न तथा समृद्ध नेपाल निर्माणका लागि जुटनेछ’, गौतमले भने ।
विगत समय यता निष्कृय भएपनि आगामी दिनमा प्रवासका नेपाली र देशको समृद्धिका लागि पहल गर्न आफ्नो संगठनले जिम्मेवारी लिने गौतमको जिकिर छ ।